|

तालीममा आर्थिक अनियमितता गरेको ठहर

कपिलवस्तु २७ माघ -जिल्लामा क्रियासिल संचार संघ संस्थाले मधेश मिडिया हाउस काठमाडौंद्वारा तौलिहबामा संचालित पत्रकारिता तालीममा आर्थिक अनियमितता गरेको ठहर गरेको छ ।

तालीम संचालन गर्न सरकारबाट पर्याप्त रकम ल्याए पनि एक पैसा पनि खर्च नगरि तालीम संपन्न गरेको तिनीहरुको भनाई छ । जिल्लामा क्रियासिल मधेशी पत्रकार समाज, मधेश मिडिया सोसाईटी, क्रान्तिकारी पत्रकार संघ र पिछडाबर्ग पत्रकार संघले संयुक्त पत्रकार सम्मेलन गरि तालीमलाई गैरजिम्मेबारी र अपारदर्शी तरिकाले संपन्न गरेको बताएका छन् ।

मधेशका मुद्दा र बिषयबस्तु संचार माध्यम उठाउन मधेशी पत्रकारहरुलाई संचारशीप दिने उद्देश्यले संचालित तालीममै आयोजकले ठगी गरेको आरोप मधेशी पत्रकार समाजका केन्द्रिय उपाध्यक्ष बनारसी बर्माले लगाउनु भयो । आयोजकले जिल्लामा सरोकारबाला कसैसंग कुनै सल्लाह नगरि आफु खुसी दुई दिने तालीम संचालन गरेर गएको तिनीहरुको भनाई छ । संचार मन्त्रालयबाट नेपाल पत्रकार महासंघ मार्फत पश्चिम तराईका ९ जिल्लामा तालीम संचालन गर्न १५ लाख ल्याए पनि एक पैसा पनि खर्चै नगरि तालीम संपन्न गरेको मधेश मिडिया सोसाईटीका अध्यक्ष मनोज श्रीबास्तबले बताउनु भयो ।

तालीमका सहभागीलाई यातायात खर्च पनि नदिएको आरोप सहभागीले लगाएका छन् । ५० किमी पर परबाट भाडा खर्च गरेर आएका सहभागीलाई एक पैसा पनि नदिएको बहादुरगंजका निरहु यादबले दुखेसो पोख्नु भयो । उता आफुलाई एक हजार भत्ता दिने भनेर बोलाए पनि एक पैसा पनि नदिएको महराजगंजका नरसिंह कहारले गुनासो गर्नु भयो । तालीममा संचार माध्यम जबाफदेही र उत्तरदायी हुनु पर्ने भनेर सिकाउने आयोजक नै गैर जिम्मेबार हुदा तालीम निक्कै खल्लो भएको अर्का प्रशिक्षार्थी रामप्रकट कोरीले बताउनु भयो । उता आफुहरुले सक्दो राम्ररी तालीम संचालन गरेको भन्दै मधेश मिडिया हाउस काठमाडौंका अध्यक्ष राजेश अहिराजले लोकतन्त्रमा बिरोध गर्नु सबैको अधिकार भएको बताउनु भयो ।

जिल्लामा तालीम संचालन गर्दा पत्रकार महासंघ लगायत संघ संस्थासंग समन्वय नगरेर एकलौटी आएर गर्नुुले आयोजकको नियत नराम्रो रहेको पत्रकार महासंघका सचिब बसन्त गिरीले बताउनु भयो ।

Posted by Butwalonline on 3:00 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तालीममा आर्थिक अनियमितता गरेको ठहर"

Leave a reply