पाल्पा महोत्सवको तयारी तिव्र
मुक्तिप्रसाद न्यौपाने,पाल्पा,फागुन १०, -पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा तानसेन, पाल्पाको कृषि, पर्यटन, घरेलु तथा कुटिर उद्योगको प्रवद्र्धन, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न आगामी फागुन १७ देखी २६ सम्म पाल्पा महोत्सव २०६९ सञ्चालन हुने भएको छ ।
महोत्सवको तयारी प्रवद्र्धन कार्यक्रम र मेला स्टल निर्माण कार्य तिव्र रुपमा अगाडी बढेको छ । तानसेनको टँुडिखेल मैदानमा हुने महोत्सवमा २५० स्टल रहने छ । स्थानीय कृषि, घरेलु तथा कुटीर उद्योगका उत्पादनहरु, ढाका, करुवा, अटोमोवाईल, शैक्षिक संघसंस्था, सूचना प्रविधि, हाउजिङ्ग, रियलस्टेट, बैंङ्क तथा वित्तीय संस्था लगायत बहुराष्ट्रिय तथा संयुक्त लगानीका उत्पादनहरु प्रदर्शनीमा रहने बताइएको छ । सूचना प्रविधिका स्टलहरु, स्थानिय परिकार, बाल उद्यान, राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुति समेत मेलामा रहने छ । मेलामा एक गाउँ एक उत्पादन अदुवा कार्यक्रमको छुट्टै प्याभिलियन हुने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मधुदयाल सैंजुले अभियानलाई बताए ।
पाल्पामा उत्पादित वस्तु तथा सेवाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउन, प्रतिस्पर्धात्मक तथा आक्रमक बजार व्यवस्थापनलाई टेवा पु¥याउने उद्देश्यले ऐतिहासिक, साँस्कृतिक र पर्यटकिय जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा मेला गर्न लागिएको हो । मेला अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
