मानवअधिकार र लोकतन्त्रका लागि बिद्यार्थी भूमिका अहम
पाल्पा फागुन १०
सामाजिक स्तरमा मानवअधिकारको प्रत्याभुति गराउनमा बिद्यार्थीहरुको समेत अहम भूमिका रहने चापपानी पाल्पामा बिहीवार आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
चापपानी युवा संजाल र युवा कार्य नेपाल पाल्पाको संयुक्त आयोजनामा संचालित मानवअधिकार र लोकतन्त्र बिषयक सचेतना कार्यक्रमका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् । चन्द्र उच्च माध्यमिक बिद्यालय चापपानीमा कक्षा ९,११ र का बीचमा उक्त सचेतना कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रममा जलबायु परिवर्तनका लागि युवा संजाल पाल्पाका संयोजक पदम गैरेले बिद्यार्थीहरु चेतना र ज्ञानका धनी भएकोले उनीहरुले सामाजिक रुपान्तरणका लागि समेत भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले समाजमा मानवअधिकार कायम गराउँदै बातावरण संरक्षण अभियान थाल्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा चापपानी युवा संजालका उपाध्यक्ष बुद्ध बहादुर मल्लले अध्ययन कार्यलाई समेत निरन्तरता दिँदै समाजमा मानवअधिकार र लोकतन्त्रको प्रत्याभुति गराउने कार्यमाआफूपनि सक्रिय भई लाग्ने र अभिभावकहरुलाई समेत सोही कार्यमा लाग्न प्रेरित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा चापपानी युवा संजालका सचिव यज्ञमूर्ति तिमिल्सिनाले मानवअधिकार, लोकतन्त्र, शान्ति लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो ।
युथ एक्सन नेपलि पाल्पासँगको सहकार्यमा चापपानी युवा संजालले बिगत ४ वर्षयता गाउँ बिकास समिति स्तरमा मानवअधिकार, लोकतन्त्र, शान्ति लगायतका क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
