|

आजदेखि गोहीको पनि गणना सुरु

ज्ञानु गौतम,नेपालगञ,फागुन १० -देशैभर बाघगणना चलिरहेकै बेला आजदेखि गोहीको पनि गणना सुरु हुँदैछ । बदिर्या राष्ट्िरय निकुञ्जको आयोजना तथा तराई भुपरिधि ताल, डब्लुडब्लुएफ र राष्ट्िरय प्रकृति संरक्षण कोषको आथिर्क सहयोगमा बदिर्या राष्ट्िरय निकुञ्ज र चितवन राष्ट्िरय निकुञ्जमा गोही गणना सुरु गरिएको तालका फिल्ड अफिसर प्रदीप खनालले जानकारी दिनुभयो ।

जोखिममा रहेको घडियाल गोही र नेपालभर रहेका बिभिन्न प्रजातिका गोहीको वास्तविक संख्या पत्ता लगाउन गोही गणना शुरु गरिएको हो । सन् २०१० को गणना अनुसार नेपालको चितवन र बदिर्यामा गरी १०२ वटा घडियाल गोही छन् । चितवन राष्ट्िरय निकुञ्जको राप्ती र नारायणी नदी तथा बदिर्या राष्ट्िरय निकुञ्जको बबईमा र कर्णाली नदीमा घडियाल गोही पाइन्छ । घडियाल प्रजातीको गोहीको संख्या संसारभरि जम्मा एक हजार पाँच सय वटा रहेको तथ्याङक छन् । घडियाल गोही बगिरहने पानीमा बस्ने जीव हो । बदिर्यामा हुन लागेको गोही गणनाका लागि कर्णाली र बबई नदीमा आठ जनाको विशेष प्रविधिक टोली खटाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापालेले जानकारी दिनुभयो । गत माघमा शुरु भएको बाघ गणना पनि अहिले देशैभर चलिरहेको छ ।

Posted by Butwalonline on 11:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आजदेखि गोहीको पनि गणना सुरु"

Leave a reply