युएइमा पत्रकारले संघसंस्थाको अवस्था र औचित्य समन्धी अन्तरक्रिया
त्रिलोचन कोइराला / युएई -प्रबासमा स्थापना भएका संघसस्थाहरुले साझा सबालमा सहकार्य गर्दै निस्कर्षका लागि आफ्नु गतिबिधि गर्नु पर्ने एक अन्तरक्रियाका सहभागीहरुले जोड दिएका छन ।
नेपाल पत्रकार महासंघ युएई शाखाले युएइमा विभिन्न उधेस्यले सस्था स्थापना गर्ने र स्थापना भएका सस्था क्रमस निष्क्रिय हुने क्रम बढेकोमा जनावरी २५ तारिक दुबाईको सिन्धापन्जब होटलमा भएको युएइका संघसंस्थाको अवस्था र औचित्य बिषयमा भएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले युएइका संघसंस्थाहरुले सहकार्य निस्कर्ष तथा एकतामा जोड दिनुपर्ने बताएका हुन ।
अन्तरक्रियामा बोल्ने अधिकामश बक्ताहरुले प्रवासि नेपलिहरुले बिभिन्न उधेस्यले सात दर्जन बडी संघसंस्था स्थापना गरेपनि एक दर्जन जति मात्र संघसंस्था युएइमा सकृय रहेका निष्क्रिय सस्थाको संख्या बडी रहेको बताए । युएइमा राजनीतिक,जातीय,धार्मिक, साहित्यिक,क्षेत्रीय लगायतका संघसंस्था स्थापना भएपनि युएइमा उदेश्य अनुरुपले संघसंस्था संचालित नभएको बक्ताहरुले बताउदै अब संघ सस्था किन खोलियो किन निष्क्रिय भयो खोजि गरिनु पर्ने बताएका छन ।
अन्तरक्रियामा सस्थाको नामबाट गलत क्रियाकलाप बढेको संघसंस्थाहरुलाई रेखदेख गर्नु पर्ने नेपाली समाजलाई परिमार्जित गरेर अधिकार सम्पन छातासस्था बनाउनु पर्ने , जनसंख्या बडे संगै सेवामुलक संघसंस्था खोलिनु पर्ने भएपनि यहा संघसंस्थामा राजनीति बडी भएको,,समाजमा प्रतिस्ठा कमाउन सस्था खोल्ने प्रचलन रहेको तर नाम भन्दा काममा मुल्यांकन गरिनु सस्थाहरुलाई उद्धेश्यका तथा उनीहरुको गतिबिधिका आधारमा राम्रो नराम्रो छुट्याउनु पर्ने , प्रबासमा सेवाको लागि मात्र सस्था स्थापना गरिनेहुदा पदको लडाई गर्ने नेत्रुत्वहरुले आत्मालोचना गर्दै नेत्रुत्व हस्थान्तरण तथा उत्पादन गरिनुपर्ने, सस्था व्यक्तिवादी भन्दा समाजबादी हुनुपर्ने सेवामुलक कार्यक्रम भन्दा प्रचारमूलक कार्यक्रम बडी गर्न नहुने लगाएतमा आवाज उठेका थिए ।
कार्यक्रममा अधिकंश वक्ताहरुले युएइको पहिलो नेपाली सस्था नेपाली समाज सन १९९०मा स्थापना गरिएर संचालित भएपनि नेपाली समाज परिमार्जित हुन नसक्दा संघ सस्था खोलिन थालेको आज समाजको भन्दा अन्य सस्थाले राम्रो काम गरेको बताउदै अब नेपाली समाज परिमार्जित भएर युएइका सम्पूर्ण संघसंस्थाको छाता सस्था बन्नु पर्ने बताए । नेपाली समाजको आगामी मार्च १ तारिक चुनाब घोषणा गरेको हुनाले अधिकंश बक्ताले नेपाली समाजको खस्किदो गतिबिधिमा चिन्ता राखेको कार्यक्रम अतिथिबक्ता तथा खुल्ला बक्ता गरि दूई चरणमा गरिएको थियो ।
यूएइकालागि नेपाली राजदूतावासका महामहिम राजदूत धनाझय झाको प्रमुख आतिथ्य, नेपाल विश्व सहयोग महासँघका अन्तररास्ट्रीय अध्यक्ष मणि नेपालीको बिशिस्ठ आथित्यमा सम्पन अन्तरक्रियामा युएइमा क्रियाशील दुइ दर्जन बडी संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
शाखा अध्यक्ष अर्जुन दाहालको सभापतित्य सचिब निमेष गिरीले संचालन गरि सम्पन अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाले प्रकासन गरेको नेपाली गतिबिधि माशिक पत्रिका तथा युएइमा क्रियाशील एक दर्जन पत्रकार तथा समाजसेबी दुवारा संचालित द नेपाली भुवाइश अनलाइन पत्रिका पनि महामहिम झा बाट बिमोचन गरिएको थियो ।
