बिस्थापीत पत्रकार स्थापीत गर्न पत्रकार महासंघ बाँकेको माग
हेमराज भट्ट,बाँके ,माघ १५- -नेपाल पत्रकार महासंघ बाँके शाखाको आईतबार बसेको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । शाखा अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा बसेको बैठकले दैलेख जिल्लाबाट विस्थापित भई सुर्खेतमा बसीरहेका पत्रकारहरुको पुर्नस्थापना र सुरक्षा व्यवस्था मिलाउन जिल्लास्थित राजनितिक दल स्थानीय प्रशासन लगायत सम्बद्ध सबैसंग जोडदार माग गर्ने निर्णय गरेको छ । साथै दैलेखमा बन्द रहेका रेडियो तथा पत्रिका प्रकाशन एवम् प्रशारणका लागि तत्काल बाताबरण मिलाउन आग्रह समेत गरेको छ ।
साथै शाखाले प्रकाशन गर्न लागेको ‘पत्रकारिता (बााकेको विगत र वर्तमान)’ नामक पुस्तक प्रकाशनका लागि शाखा अध्यक्ष शुक्रऋषि चौलागाईको संयोजकत्वमा विभिन्न जिम्मेवारी बााडफााड गरेको छ । पुस्तकको सम्पादक मण्डलमा शाखा सचिव राकेशकुमार मिश्र, उपाध्यक्ष शुसिल शर्मा, र कोषाध्यक्ष गोविन्द शर्मा, सम्पादन सल्लाहकारमा शाखा सल्लाहकारद्धय प्रेम केसी, र झलक गैरे, पत्रकार जनक नेपाल, तुला अधिकारी र उमा थापा रहनुभएको छ । यसैगरि व्यवस्थापनमा शाखा सहसचिव जयसिंह केसी, सदस्यहरु हेमन्त बिक, टेकेन्द्र बस्याल, विमल चन्द, चन्द्रेश्वरराज त्रिपाठी, सम्पादन सहयोगीमा शाखा सदस्य दिपा आले, विश्वराज पछल्डङग्या र प्रदिप वाग्ले रहनुभएका पत्रकार महासंघ बााकेले जनाएको छ ।