|

माओबादी नेताहरु बैतडिमा

बैतडी,माघ १५- एकिकृत नेकपा माओबादी शिर्ष नेताहरुले महाधिबेशनबाट पार्टी एकढिक्का हुने दाबी गरेका छन् । पार्टीको बैतडी जिल्ला अधिबेशनलाई उद्घाटन गर्दे उनीहरुले बिबिध कारणले पार्टीबाट छुट्टीएकाहरु पनि मुल पार्टीमा नै फर्कने भन्दै महाधिबेशनबाट पार्टी एकढिक्का हुने दाबी गरेका हुन् ।

उद्घाटनका क्रममा एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै किसिमको बिबाद नभएको भन्दै महाधिबेशन पनि बिबादरहित हुने जिकिर गर्नुभयो । जेष्ठमा नया निर्बाचन गर्ने बाताबरण बनाउनका लागी आफुहरु हदैसम्मको लचक हुने भन्दै अन्य दललाई पनि सहमतिमा आउन उहाले आग्रह गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री समेत रहनुभएका उपाध्यक्ष बाबुराम भट्टराईले आफुहरुको महाधिबेशन एकताको महाधिबेशन हुने बताउनुभयो । उहाले समयमा नै निर्बाचन सम्पन्न गर्न सहमति आबश्यक भएका बेला बिपक्षीले बिभिन्न वाहाना बनाएर सहमति भाड्न खोजको आरोप लगाउनुभयो । एक अर्को प्रसंगमा प्रधानमन्त्री भट्टराईले सुर्खेतमा रहेका दैलेखका पत्रकारहरुलाई जिल्ला फर्कन आग्रह गर्नुभयो । दैलेखका पत्रकारको सम्पूर्ण सुरक्षाको जिम्मेवारी लिन सरकार तयार रहेको भन्दै उहाले जिल्ला फर्कन आग्रह गर्नुभएको हो ।

यसैगरी सरकारले एकिकृत माओबादीको बैतडी जिल्ला सम्मेलनमा झडप हन सक्ने भन्दै सेना परीचालन गरेको थियो  । माओबादीको कार्यक्रममा बिपक्षीदलहरुले अवरोध पुर्याउने प्रयास गरेको भन्दै सरकारले सेनापरीचालन गरेको हो । विपक्षी दलहरुले बैतडी बन्द गरेपछि झडपको स्थिति आउन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जील्ला प्रशासन कार्यालयले जनाएको छ ।  
यस्तै जिल्ला सम्मेलनको उद्घाटन गर्न एककिृत माओबादीका नेताहरु कैलाली जाने भएपछि नेविसंघले धनगढी बन्दको आह्वान गरेको छ । कैलाली जिल्ला सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री भट्टराई र अध्यक्ष पुष्पकमलदाहालसहितका नेताहरु हेलिकोप्टरबाट कैलाली जादैहुनुहुन्छ ।  प्रधानमन्त्री आगमनको विरोधमा नेविसंघले २ देखि ४ बजेसम्म बन्द आह्वान गरेको बताएको छ ।


Posted by Butwalonline on 10:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओबादी नेताहरु बैतडिमा "

Leave a reply