|

कपिलवस्तुमा ५ लाख बढिलाई हात्तीपाइले विरुद्ध औषधी खुवाइने

कपिलवस्तु १४ माघ-जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले यहााका ५ लाख बढि व्यक्तिलाई हात्तीपाइले विरुद्धको औषधी खुवाउने भएको छ । सो रोग बिरुद्ध बिगत पााच बर्ष देखि जारी अभियान अन्र्तगत छैठो तथा अन्तिम बर्षकारुपमा माघ २० देखि २३ गते गते जिल्लाव्यापी रुपमा औषधी खुवाइने भएको हो ।

स्वास्थ्य कार्यालयद्धारा तौलिहवामा आयोजित कार्यालय प्रमुखलाई सो रोग निवारण सम्बन्धी जिल्लास्तरीय जनचेतना अभिबृद्धि गोष्ठीमा जानकारी गराईएके हो । कार्यालय अनुसार जिल्लाका ५ लाख ४१ हजार ३३९ जनालाई मानिसलाई औषधी खुवाउने लक्ष्य रहेको छ । अभियानकाक्रममा घरदैलो अभियान संलान गरी सो रोग बारे जानकारीमुलक ब्रोसर समेत उपलब्ध गराईने छ ।

कार्यालयका केशवराज पंडीतले औषधी खुवाउन जिल्लाभर २ हजार स्वयसेवक तथा ३ सय स्वास्थकर्मी खटाएको बताउनु भयो । “सबै स्वयंसेवकलाई तालिम दिई औषधी सहित गाउा पठाउने छौ” उहाले भन्नु भयो । दुई अघि बर्ष औषधी सेवन गरी ४ जना मरेको भन्ने हल्ला भ्रामक रहेको तथा मन्त्रालयको जाचबुझ समतिले उनीहरुको मृत्यु औषधीले नभै अन्य कारण र संयोलले मात्र भएको उहाले स्पष्ट पाुर्नु भयो । उहाले सबैलाई ढुक्कसंग औषधी खान अनुरोध समेत गर्नु भएको थियो । गर्भवती, सात दिनका सुत्केरी, २ बर्ष मुनीका बालबालिका, कडारोग लागको सिकिस्त बिरामी र अति कुपोषित बालक बाहेक सबैले औषधी खान हुने कार्यक्रममा डाक्टर जिवन पोख्रेलले बताउनु भयो । उहाले अलबेन्डाजोल तथा डीइसी औषधी व्यक्तिको उमेर अनुसार सेवन गराइने बताउनु भयो । खाली पेटमा औषधी सेवन गर्न नहुने भन्दै अभियानमा खटिने स्वास्थ्य कर्मचारीहरुलाई घरदैलोमा जादा बिशेष सजगता अपाउन आग्रह गर्नु भएको थियो ।

क्युलेक्स नामक पोथी लाखुट्टेबाट सर्ने सो रोगबाट बचाउन  तथा उन्मुलन गर्न अभियान चलाईएके हो । सो रोगले शरीरका अंगहरु खट्टा  र यौनानाङ सुन्नीने, गिर्खाहरु आउने लगायतका लक्ष्णहरु देखिने बताईएको थियो । कार्यक्रममा स्थानीय बिकास अधिकारी रामप्रसाद पाण्डेयले सबैलाई यो अभियानमा आ– आफनो क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्नु भएको थियो । बिरुद्ध दिइने औषधी बारे जनतामा नकारात्मक प्रचार रहेकोले यसलाई चिर्नु पर्ने बताए । हाल सम्म जिल्लामा सो रोगबाट खुट्टा सन्निएका तीन सय २, हाईड्रोसलि भएका सात सय ९७ र अन्यमा एक सय ३२ गरी १२ सय ३१ जना फाइलेरियाको रोगी फेला परेको फोकल पर्सन उदयचन्द चौरसियाले जानकारी दिनु भयो ।

Posted by Butwalonline on 10:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कपिलवस्तुमा ५ लाख बढिलाई हात्तीपाइले विरुद्ध औषधी खुवाइने"

Leave a reply