स्थानीय बासीको सक्रियतामा हाटबजार संचालनका लागि सेड निर्माण
कपिलवस्तु, २३ माघ-तिलौराकोट गाबिस– ६ बर्मेली स्थित दुर्गाको मन्दिर किनारमा स्थानीयबासीको अगुवाईमा हाट बजार संचालनका लागि सेट निर्माण शूरु भएको छ । गरीवी निवारण कोषको सहयोग तथा निगाली बिकास सामाजिक केन्द्रको पहलमा सेड निर्माण शुरु भएको हो । सेड निर्माणका लागि सो मन्दिरले साढे नौ कठ्ठा जग्गा उपलब्ध गराएको छ ।
स्थानीयबासीले प्रगति बजार सामुदायिक संसथा गठन गरी १५ लाख २५ हजार लगातको पाच वटा सेड निर्माण शुरु गरेका हुन । कोषको करिब १२ लाख र स्थानीबसीको करिब तीन लाख रुपैयाको जन सहभागीतमा सेड निर्माण भईरहेको निर्माण समितिका संयोजक ओमप्रकाश सुनारले बताउनु भयो । तीन महिना भित्र निर्माण कार्य संपन्न हुने सो सेड निर्माणले स्थानीय कृषि उपज बिक्रीबितरण गर्न सहज हुने उहाले बताउनु भयो । सो सेडमा बिहीवार साप्ताहिक हाट बजार लगाउने समेत स्थानीयले निर्णय गरेका छन् ।
स्थानीय कृषकलाई कृषि उपज उत्पादनमा प्रोत्साहन मिल्ने र यस्ले जिल्ला भित्र र बाहिरका बजारको समेत यस क्षेत्र बजार जोडिने निगाली संस्थाका देवराज पाण्डेयले बिश्वास ब्यक्त गर्नु भयो ।