मेरिगोल्डमा खेल सप्ताह सुरु
बुटवल, माघ, १५(बुटवल उजिरसिंह नगरस्थित मेरीगोल्ड बोर्डिङ स्कुलमा आज सोमवारबाट खेल सप्ताहा सुरु भएको छ । सप्ताहाको नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले एक समारोहकाबीच उद्घाटन गर्नु भयो ।
सो अवसरमा बोल्दै मञ्चका अध्यक्ष अधिकारीले विद्यालयमा कितावी अध्ययनसंगै शारिरीक व्यायामको पनि आवशयक्ता हुने हुदा यस प्रकारका सप्ताहाको आयोजना गर्नु सह्रानिय काम भएको भन्दै प्रशंसा गर्नु भयो । उहाले विद्यालयबाट खेलकुदमा विद्यार्थीहरुको सहभागिता हुन सकेमा मात्र खेलको विकास हुने धारणा राख्दै त्यसमा सबै विद्यालयहरुले ध्यान दिनु पर्ने बताउनु भयो ।
सोही अवसरमा अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले शैक्षिक सुधारका लागि खmेलकुदले पनि महत्वपूर्ण भूमिका निर्वाहा गर्ने धारणा राख्नु भयो । इन्सेक रुपन्देहीका प्रतिनिधि अमृत गिरीले विद्यार्थीहरुलाई अनुसासित बनाउन खेलकुदले सहयोग पु¥याउने धारणा राख्दै विद्यालय शिक्षा उपयोगि बनाउनु पर्ने बताउनु भयो । तयसैगरी अभिभावक तथा समाजसेवी गौतमलाल शाक्यले विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभालाई बाहिर ल्याउन अतिरिक्त क्रियाकलाप महत्वपूर्ण माध्यम हुने बताउनु भयो ।
सहीद सप्ताहको अवसर पारेर आयोजना गरिएको खेल सप्ताहा अन्तर्गत सोमबार भलिवल, वक्तृत्वकला, ब्याडमिन्टन र बेलुन दौडलगाका प्रतियोगिता भएका छन् । सअन्तर्गत सिनियरतर्फको भलिवलमा रमेश शाहीको समूह प्रथम भएको छ । भने विषाल गहतराजको समूह दोस्रो भएको छ ।
त्यसैगरी सिनियरतर्फकै वक्तित्वकलामा इच्छा सुनार प्रथम, सिर्जन श्रेष्ठ द्वितीय र विनोद शाही तृतयि र अमर गुरुङ सान्तवना भए । जुनियर तर्फ सोमबारै भएको ब्याडमिन्टनमा एलीजा शर्मा र सालिनी बर्णवालको जोडी प्रथम र स्वस्तिका थापा र लिला थापाको जोडी दोस्रो भए । त्यसैगरी सोमबारै भएको चम्चा दौडमा किस्मत श्रेष्ठ प्रथम, सन्दीप साहनी दोस्रो र सपना बस्नेत तृतयि भएका छन् ।
सब जुनियर तर्फ भएको बेलुन दौडमा नर्सरी कक्षाका सोवित सुनार प्रथम, विवेक थापा तेस्रो र अमृत केसी तृतीय भए । एलकेजी तर्फको प्रतिस्पर्धामा शक्ति बर्णवाल प्रथम ,सहनशील थापा दोस्रो र जोया परियार तृतीय भए ।यूकेजी तर्फ भएको बेलुन दौडमा सुमन सुनार प्रथम, पुष्पा सुनार दोस्रो र कुमार चौधरी तृतीय भए ।
बादबिवाद, हाजिरीजवाफ, ब्याडमिन्टन, निवन्ध लेखन, तातो आलु, बेलुन दौड, बल एण्ड बास्केट, बा“दर दौड, चक्लेट दौड, चित्रकलालगायतका प्रतियोगिताहरु गराइने विद्यालयका विद्यालयका प्राचार्य हेम थापाले बताउनु भयो ।
विद्यार्थीहरुलाई सब जुनीयर, जुनियर र सिनियर गरी तीन तहमा बर्गिकरण गरी छुट्टाछुट्टै स्पर्धामा प्रतिस्पर्धा गराइने विद्यालयका प्रबन्ध निर्देशक विनित भिक्टरले बताउनु भयो । विद्यालयले विद्यार्थी तहका आधारमा भारती थापा, भानुभक्त आचार्य, गणेश धामी र रामलाल भुषाललाई संयोजनको जिम्मेवारी दिएको विद्यालयकी अध्यक्ष रीता थापाले जानकारी दिनु भयो ।
विद्यार्थीहरुमा खेलकुद प्रतिको रुची बढाउने, प्रतिभाको विकास र प्रष्फुटन गराउने तथा अतिरिक्त क्रियाकलापमा पनि अब्बल गराउने उद्धेश्यले विद्यालयले हरेक वर्ष खेल सप्ताहाको आयोजना गर्दै आएको छ । खेल सप्ताहा माघ १९ सम्म चल्ने छ ।