माओवादी अझै दश बर्ष सत्तामा रहने प्रचण्डको उदघोष
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी अझै दश बर्ष सत्तामा रहने उदघोष गर्नुभएको छ । अध्यक्ष प्रचण्डले कांग्रेस एमालेले सत्ता भन्दा बाहिर बसेर मुलुकमा निर्वाचन नचाहेकोले वर्तमान अन्योल रहेको बताउनुभयो ।
एकिकृत माओवादी को दोश्रो जिल्ला अधिवेशनको सोमबार ( आज ) परासीमा उद्घाटन गदै अध्यक्ष प्रचण्डले सो विचार व्यक्त गर्नुभएको छ । उहांले जेठ १५ सम्ममा संविद्यान सभाको निर्वाचन गर्न अफ्नो पार्टी अझै तयार रहेको स्पष्टपादै प्रचण्डले माओवादीले चुनाव जित्ने डरले विपीक्ष दलले चनाव नचाहेको आरोप लगाउनुभयो ।
उहांले माओवादीको आगामी माहाधिवेशन तीन करोड नेपाली जनताको आर्थिक क्रन्तिमा उपलब्धिमुलक हुने स्पष्ट पार्दै जनताको सस्कृतिक ,समाजिक,आर्थिक रुपमा जीवन स्तरमा परिवर्तन ल्याउन ऐतिहासीक दावि गर्नुभयो ।
विपक्षि दलले दैलेखमा माओवादी विरुद्ध गलत प्रचार गरेर माओवादीलाई वदनाम गर्ने दुष्प्रचार गरेको तर दैलेखि जनताले उनीहरुको प्रतिकार गरेर माओवादीलाई सात दिएको दावि गर्नुभयो । प्रचण्डले विपक्षिको आन्दोलनले सहमतिको राजनिति भाडीएको बताउदै उक्त आन्दोलन कुनै प्रभाव नपार्ने जिकिर गर्नुभयो ।
माओवादीले सरकार र जनताको तहबाटै हस्तक्षेप गरी नया विचारको संगठन बनाउने बताउुभयो । अध्यक्ष प्रचण्डले जनताको अदालतबाटै संविद्यान घोषणा गरेर देखाउने चुनौती दिदै नेपालको अर्धशामन्त र अर्धउपनिवेशिक अवस्थामा नरहेको स्पष्ट पार्दै जनवादी क्रन्तिबाट मुलुक अगाडी बढेको बताउनुभयो ।
यसैगरी सो क्रममा बोल्दै प्रधानमन्त्रि डा बाबुराम भट्टराईले गणतन्त्रलाई संस्थागत गर्न बाकी रहेका कामहरु पुरा गर्न छिटो भन्दा छिटो निर्वाचनमा जानुपर्ने बताउनुभयो ।उहांले उखु किसानहरुको माग पुरा गर्न सरकार प्रतिबद्ध रहेको बिस्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा आएका प्रधानमन्त्रि डा भट्टराई बोल्दै गर्दा नेपाल पत्रकार माहासंघ शाखा नवलपरासीले कार्यक्रम बहिष्कार गरि बाहिरिएका थिए । पत्रकार महासंघले दैलेखका पत्रकार डेकेन्द्र थापा हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्रि हत्यारा जोगाउने अभिव्यक्ति विरुद्ध शाखाले प्रधान मन्त्रिले संवोद्यन गर्ने कार्यक्रम बहिष्कार गरेको शाखा अध्यक्ष होमराज रानाभाटले बताउनुभयो । यस अघि प्रधानमन्त्री डा. बाबुराम भट्टराई परासी आउनु हुने भएपछि उखुको उचित माग गर्दै प्रदर्शनमा उत्रिएका उखु किसानहरुलाई हस्तक्षेप गरि प्रहरीले उनीहरुलाई गिरफतार गरि साँझ छाडेको थियो ।