|

दिलबहादुर गुरुड्ड स्मृती भलिवल प्रतियोगिताको उपाधि बौद्ध युवा क्लबलाई

बिनोद परियार बुटवल,माघ १ - स्वर्गिय दिलबहादुर गुरुड्ड स्मृती खुला भलिवल प्रतियोगिताको उपाधि बौद्ध युवा क्लब दुक्तान, पर्वतले जितेको छ । पर्वतकै सनराईज युवा क्लब लामटुड्डलाई उपविजेता बनाउदै बौद्धले उपाधि कब्जा गरेको हो ।

शुक्रबारदेखि बुटवल १५ बदेलपोखरीमा शुरु भएको प्रतियोगिताको आज  भएको फाइनल खेलमा बौद्धले उपाधि कब्जा गरेको हो । उपाधि संगै बौद्धले ३५ हजार नगद, शिल्ड र प्रमाणपत्र तथा उपविजेता सनराईजले २५ हजार नगर र प्रमाणपत्र पाएका छन् ।

त्यस्तै प्रतियोगितामा तेस्रो लाफा युवा क्लब र सान्त्वना संसार होटलको समूहले प्राप्त गरेको छ । उनीहरुले क्रमश: १५ हजार र ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।माघे संक्रान्तिको अवसर पारेर मिर्मिरे युवा क्लव र मिर्मिरे आमा समुह बुटवल १५ बंदेलपोखरीको संयुक्त आयोजनामा सञ्चालित भलिवल प्रतियोगितामा ११ समूह सहभागी रहेका थिए । प्रतियोगिताको एक समारोहका बीच समापन गरिएको छ । समापन समारोहमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा भलिबलका पूर्व राष्ट्रिय खेलाडी छविलाल विश्वकर्माले विजयी तथा उपविजयी समूहलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।

Posted by Butwalonline on 8:04 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दिलबहादुर गुरुड्ड स्मृती भलिवल प्रतियोगिताको उपाधि बौद्ध युवा क्लबलाई"

Leave a reply