|

सिम्रिक युबा क्लब र लिस्नु युबा क्लब रेडबुल फुटबल प्रतियोगिताको फाईनलमा

बिनोद परियार बुटवल,माघ १ - सिम्रिक युबा क्लब कालिकानगर र लिस्नु युबा क्लब कोटिहबा बुटवलमा जारी रेडबुल राष्ट्रिय जिल्ला लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गरेका छन ।

बुटबल स्थित फिफा टेक्निकल सेन्टरमा सोमबार सम्पन्न पहिलो सेमिफाईनल खेलमा सुनौ संगमलाई ३–० ले हराउदै सिम्रिक फाईनलमा प्रबेश गऱ्यो भने आजनै सम्पन्न दोश्रो सेमिफाईनल खेलमा बलियो प्रतिद्धन्द्धि गोर्खा ब्वाईजलाई २–१ ले स्तब्ध पार्दै लिस्नुले पनि फाईनलमा स्थान सुरक्षित गरेको हो ।

त्यस्तै गार्खा र लिस्नु बिचको निकै प्रतिष्पर्धात्मक खेलमा मध्यान्तर अघि दुबै टिमले १ – १ गोल गरेका थिए । मनिष धिसिडले खेल शुरु भएको ३ मिनेट बित्न नपाउदै गोर्खालाई अग्रता दिलाएका थिए । लिग चरणका आफ्ना तीन खेलमा ब्याक्तिगत ८ गोल गरिसकेका गोर्खाका मनिष घिषिङले आज गोलसंख्या ९ पुऱ्याएका छन । उनि सर्बाधिक गोलकर्ताको सुचिमा अग्रपंक्तिमा छन भने सिम्रिकका सुर्य गुरुड ५ गोल गर्दै दाश्रो स्थानमा रहेका छन । अब पर्सि बुधबार हुने सिम्रिक र लिस्नु बिचको फाईनल खेलको बिजेताले १० हजार नगद सहित क्षेत्रिय लिगमा सहभागिता जनाउन पाउने छ । प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ ।

Posted by Anonymous on 7:59 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिम्रिक युबा क्लब र लिस्नु युबा क्लब रेडबुल फुटबल प्रतियोगिताको फाईनलमा"

Leave a reply