अनाथ आश्रममा खाद्यान्न वितरण
गोबिन्द बस्नेत ,बुटवल, पुस २८ - लियो क्लब अफ तिलोत्तमाले लियो मल्टिपल डिष्ट्रिक १३४ औं मेलविन जोन्सको अवसरपारेर शनिबार खाद्यान्न वितरण गरेको छ ।
क्लबले मधवलियामा रहेको नेपाल अभिनाश अनाथ आश्रममा रहेका अनाथ बालबालिकाहरुलाई सो खाद्यान्न वितरण गरेको हो । आश्रममा खाद्यान्नको अभाव भएकाले क्लबले राहत वितरणस्वरुप यस्तो कार्यक्रमको आयोजना गरिएको जनाएको छ । क्लबका अध्यक्ष लियो सन्देश श्रेष्ठको अध्यक्षता, गोविन्द बस्नेतको स्वागत मन्तव्य र चिरन्जीवी थैवको सञ्चालनमा सो कार्यक्रम भएको हो । खाद्यान्न वितरण कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी सञ्चालक कृष्ण ज्ञवालीले अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई खाद्यान्नको अभाव हुन नहुने बताउँदै अन्य संघ संस्थाहरुले पनि अनाथ आश्रमलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।