|

धु्रवताराको तेस्रो साधारण सभा सम्पन्न

आदर्श समाज सम्वाददाता,पोखरा, २८ पुस।धु्रवतारा बचत तथा ऋण सहकारी संस्था लि.को तेस्रो साधारण सभाले जगदीश गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाा कार्य समिति चयन गरेको छ।

समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश: भक्तबहादुर लामिछाने, बिजयबाबु पंगेनी र  अनिल सुनार रहेका छन्। यसैगरी सदस्यहरुमा भागिरथी लामिछाने, हरीबहादुर थापा, सुरत रानाभाट, चन्द्रकान्त बराल र कृष्णप्रसाद बराल रहेका छन्।

साथै लेखा समिति संयोजक बाबुराम तिवारी, सदस्यहरुमा सूर्यप्रसाद आचार्य र सुरेश लामिछाने रहेका छन्।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष प्रभा कोइरालाले सहकारी संस्थाहरु संक्रमणकालीन अवस्थामा रहेको उल्लेख गर्दै राज्यले सहकारीको करको दायरालाई खुकुलो पार्नुपर्ने बताइन। मिडियाले सहकारीको राम्रो पक्षलाई भन्दा नराम्रो पक्षलाई बढी महत्त्व दिएको भन्दै २–४ वटा सहकारीको नराम्रो गतिविधिले मुलुकका अन्य सहकारीलाई उही दर्जामा राख्न नहुनेउनको भनाइ थियो।

कार्यक्रममा संस्थाका सल्लाहकार सूर्य खड्का ‘विखर्ची’, सदस्य जगदीश गौतम, आस्था बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ अधिकारीलगायतले सहकारीको विषयमा बोलेका थिए।

संस्थाका अध्यक्ष शिवप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष भक्तबहादुर लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा प्रबन्ध निर्देशक बिजयबाबु पंगेनीले गरेका थिए।

Posted by Butwalonline on 6:31 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धु्रवताराको तेस्रो साधारण सभा सम्पन्न"

Leave a reply