|

गोलमेच सम्मेलन नै उत्तम विकल्प:लेखी

बिनोद परियार,बुटवल, २८ पुस । नेपाल अदिवासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष राजकुमार लेखिले बर्तमान राजनैतिक अस्थिरताको निकास सर्वपक्षिय सर्वदलिय गोलमेच सम्मेलनको आवश्यकता रहेको बताएका छन । उनले मुलुक पछिल्लो समयमा परिर्वतनको बटो तर्फ भन्दा पनि प्रतिगमनको बाटो तर्फ उन्मुख भएको भन्दै यसको लागि विशेष जनदबाब आवश्यक भएको बताए । शनिवार आदिवासी जनजाती पत्रकार संघ(अनीज) रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखी ले सरकार काम चलाउ रहेको र साही अनुसार राष्ट्रपति पनि काम चलाउ बनेको भन्दै डा. बाबुराम भट्राई नेतृत्वको सरकार पुर्णतय असफल भएको धारणा राखे । उनले भने–‘नेपालका चार राजनीतिक दलहरु संगै डा. भट्राई नेतृत्वको सरकार पनि पुर्णरुपमा असफल भएको छ ।’

पछिल्लो समयमा नया राजनैतिक नेतृत्वको सरकार आवश्यक भएको भन्दै राष्ट्रपतिले पटक पटक दलहरुलाई म्याद थप गर्दै समय दिनुले राष्ट्रपति प्रति पनि प्रश्न उठाउने बेला आएको बताए । पछिल्लो समयमा नेपालका सबैभन्दा बढि अन्र्तराष्ट्रिय हस्तक्षेप बढेको भन्दै नेता लेखीले कर्नेल लामालाई बेलायत सरकारले पक्राउ गर्नु नेपाली जनता र नेपाल सरकारप्रति हस्तक्षेप भएको र नेपाली राष्ट्रियता प्रति धावा बोलेको धारणा राखेका थिए । उनले भने –‘कर्नेल लामा पक्राउ पर्ति खेद व्यक्त गर्दछु ।’

चार राजनैतिक दलहरु निर्वाचन भन्दा पनि अन्तरिक संविधानको हत्या गरेर २०४७ सालको संविधान व्युताउने प्रयासमा लागेको उनको आरोप थियो । पछिल्लो समयमा बाबुराम भट्राई नेतृत्वको सरकालाई राजीनामा गराएर नया सर्वपक्षिय सर्वदलिय सरकार गठनको लागि कसैको दबाब बाट नभई प्रचण्डको पहलबाट मात्र हुने भन्दै उनले यसको लागि एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले पहल गर्नुपर्ने बताएका थिए । कार्यक्रम आदीवासी जनजाती पत्रकार संघ अनिज रुपन्देहीका सचिव टेक बहादुर मास्कीरानाको सञ्चालनमा भएको थियो ।

Posted by Butwalonline on 6:18 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गोलमेच सम्मेलन नै उत्तम विकल्प:लेखी"

Leave a reply