प्रहरीको बिरोधमा स्थानीयद्धारा महेन्द्र यातायात अबरुद्ध
नवलपरासी , पुस २७ - कावासोतीको मुख्य बजारमा रहेको बजाज मोटरसाइकल शो रुमवाट गएराति चारवटा मोटरसाइकल चोरी भएको र प्रहरीलाई चोरी हुँदाहुँदै खबर दिदापनि बेवास्ता गरेको भन्दै स्थानीयले महेन्द्र राजमार्गको यातायात अबरुद्ध गरेका छन् ।
गएराति सवा ११ बजे मोटरसाइकलमा आएका चोरहरुको समुहले २ सय २० सिसिको चारवटा नयाँ पल्सर मोटरसाइकल ,टिभी र कम्यूटर चोरी भएको हो । चोरीहँदाहँदै घरधनीले ३ सय मिटर नजिकमा रहेको ईलाका प्रहरी कार्यालयको ०७८-५४०१०० मा राति नै खबर गर्दा प्रहरीले बेवास्ता गरेको घरधनीको आरोप छ ।
पूर्व सभासद रोशन बहादुर गाह नेतृत्वको स्थानीय बासिन्दाहरुले डिएसपी नान्तीराज गुरुङ्गको आजै सरुवा हुनुपर्ने र चोर पत्तालगाउन तदारुकता देखाउन माग गर्दै पुर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका छन् । बिहान ९ बजेदेखि चक्काजाम हुदा पुर्व पश्चिम हिडेका सयौं गाडी कावासोतीमा अलपत्र परेका छन् ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकले प्रहरी निस्कृयता भन्ने गुनासाको छानविन गरिने र दोषी भेटिए तत्काल कारबाहि गरिने ताए ।
उता चोर समात्न तदारुकता नदेखाएको र चोरी हुदा हुदै खबर गर्दापनि प्रहरीले बेवास्ता गरेको भन्ने आरोप लागेका कावासोतीका डिएसपी नान्तिराज गुरुङ्गले चोरी घटनाको अनुसन्धान गर्ने र छिट्टै पक्राउ गरिने बताए । उनले प्रहरीले बेवास्ता गरेको भन्ने आरोप निराधार भएको र चोरलाइ जसरीपनि समात्ने प्रतिबद्धता आफ्नो रहेको उनले जनाए । स्रोत : कांतिपुर दैनिक