गुल्मी सेवा समाज, यूएईको शारजाह क्षेत्रिय समिति गठन सम्पन्न
रबिन्द्र फुयाल — शारजाह, यूएई १९ जनवरी २०१३ -गुल्मेलीहरुको साझा सास्था गुल्मी सेवा समाज, यूएई ले आफ्नो क्षेत्रिय समिति बिस्तार अभियान तिब्रगतिमा अगाडि बढाई रहेकोछ । एक बर्ष अगाडी गठन भएको यो सास्थाले यूएईमा सामाजिक तथा अन्य गतिबिधि दिनप्रतिदिन बढाईरहेकोछ ।यूएईमा कार्यरत् सम्पुर्ण गुल्मेलिहरु लाई समेट्दै सास्थामा आवद्ध गराई समाजिक कार्यलाई तिब्रगतिमा अगाडी बढाउन सायुक्त अरब ईमिरेट्सका सबै क्षेत्रमा क्षेत्रिय समितिको बिस्तार अभियान थालेकोहो । अभियान अनुसार २१ डिसेम्वर २०१२ का दिन आबुधाबि क्षेत्रिय समिति बिस्तार गरेको थियो भने ०४ जनवरी २०१३ शुक्रबारका दिन दुबई क्षत्रिय समिति गठन गरेको थियो ।
त्यसैगरी समाजले १८ जनवरी २०१३ शुक्रबार का दिन शारजाह क्षेत्रिय समिति गठन सम्पन्न गरेको छ । भेलामा गुल्मेलिहरुले केन्द्रीय समितीका अध्यक्ष शंकर ज्ञवालीको सभापतित्वमा ब्यापक छलफछगरी ११ जना पदाधिकारी रहनेगरी समिति गठन गरेको छ । जसअनुसार क्रमश अध्यक्ष ओम प्रकाश भण्डारी, उपाध्यक्ष रमेश ज्ञवाली, सचिव जगन्नाथ ज्ञवाली, कोषाध्यक्ष बिष्णु भण्डारी, रहेकाछन् भने सदस्यहरुमा क्रमश भोजराज पन्थी, अबिनाश पन्त, लक्ष्मण भण्डारी, बिष्णु गौतम, वासुदेव अर्याल, हरि काफ्ले र महिला प्रतिनिधी सरस्बति भण्डारी सर्ब सहमतिबाट निर्वाचित भएका छन् त्यसैगरी उक्त भेलाले तिन जना सदस्य रहने गरी सल्लाहकार समिति गठनगर्ने निर्णय गरेको छ । जस अनुसार नाम सिफारिस भएका सदस्य उपस्थित हुन नसकेकोले आगामी बैठकमा उपस्थित गराई नाम प्रकाशन गरिने भएको छ ।
भेलाले नव–निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामा ब्यक्त गर्दै कार्य सफलताको कामना गरेका थिए । समाजका सल्लाहकार लक्ष्मण भण्डारीले समाजको उद्देश्य भावि कार्य योजना का बारेमा मन्तब्य ब्यक्तगर्दै नव–निर्वाचित पदाधिकारीहरु लाई बधाई तथा शुभकामना दिएका थिए । त्यसैगरी उपस्थित सबैले बधाई तथा शुभकामना मन्तब्य ब्यक्त गर्दै नव निर्वाचित अध्यक्ष ओम प्रकाश भण्डारीले मन्तब्य को क्रममा आफु सास्थाले गरेको कार्यबाट प्रभाबित भएको र सास्थाले दिएको जिम्मेवारी लाई आफुले सके सम्म पुरागर्ने प्रतिबध्ता जाएर गरेका थिए भने कार्यक्रमको अन्त्यमा सभापति द्धारा नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ दिलाई सास्थाको माइनुट, बिधान तथा अन्य कागजातहरु हस्तान्तरणगरी शुभकामना दिई उपस्थित सबैलाई बधाई तथा शुभकामना का साथ धन्यवाद, दिएका थिए । सो कार्यक्रमममा साास्थाका केन्द्रिय महासचिव लक्ष्मण अर्यालले सञ्चालन गरेका थिए ।
