|

नेपाली जनप्रगतिशिल मंच युएई को अजमान क्षेत्रीय समिति गठन

युएई ,अजमान 19-01-013 एकीकृत नेकपा (माओबादी) को भात्रिय संगठन नेपाली जनप्रगतिशिल मंच युएई द्वारा आफ्नो संगठन विस्तार तिब्र गतिमा अघि बढाउने क्रममा गत शुक्रबार 18 जनवरी 2013 का दिन युएई को अजमान स्थित त्यहाँ रहने श्रमजीबी प्रगतिशील देशभक्त जुझारु नेपालीहरुको बाक्लो सहभागिताको बीच गुरु प्रसाद निरौलाको अध्यक्षतामा 17 सदस्यीय कार्यसमिति गठन गरिएको छ |

इतिहासको संगिन घडीमा अहिले हाम्रो पार्टी माथी चौतर्फी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुप ले प्रतिकृयावादि,यथास्थितिवादी र प्रतिक्रान्तिकारी दलाल हरुको आक्रमण तिब्र भएकोले विगतमा भन्दा संगठनको जिम्मेवारी अझ बढेर गएको र संगठित भै प्रतिवाद गर्नु परेको एवं हामी जुटे हाम्रो जीत निश्चित भएको भन्ने धारणा व्यक्त गर्दै मंचका सक्रिय सदस्य लक्ष्मण लामिछाने ले संचालन गर्नु भएको उक्त कार्यक्रममा नेपाली जनप्रगतिशिल मंच युएई का महासचिव बाबुराम बिश्वकर्मा को प्रमुख अतिथि तथा मंचका केन्द्रिय बुद्दिजिबि सदस्य भिम श्रेष्ठ बिसेष अतिथि रहनु भएको थियो , नेपाली जनप्रगतिशिल मंच अजमान क्षेत्रका संगठन बिभाग प्रमुख मिलन गुरुङ ज्युको बिसेष पहलमा समिति गठन सफल हुन पुगेको र उहालाई हार्दिक धन्यवाद व्यक्त गर्दै नवगठित समितिका अध्यक्ष गुरु प्रसाद निरौला तथा सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिदै महासचिव बाबुराम विश्वकर्माले नेपाली जनप्रगतिशिल मंच युएईको भूमिका र पृष्ठभूमिबारे प्रस्ट पार्दै अहिले परिवर्तनशील शक्तिलाई देशी बिदेशी प्रतिक्रियाबादीहरुले चौतर्फी आक्रमण गरिरहेको परिस्थितिमा देश तथा बिदेशमा रहने सम्पूर्ण प्रगतिशील परिवर्तनकामी नागरिकहरु एकजुट हुनुपर्ने र जनयुद्दबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै शंघीय गणतान्त्रिक नेपालको संबिधानमा पिछडियका वर्ग, जातिय ,क्षेत्रीय , लिंगीय भेदभावको अन्त्य गरि सबैलाई समान अधिकारको प्रत्याभूत गराउनु पर्ने अहिलेको आबस्यकता भएको बताउनु भयो|

यसै क्रममा सल्लाहकार भिम श्रेष्ठले अजमान क्षेत्रमा रहने सम्पूर्ण नेपालीहरुलाई संगठनमा आबद्द गराई हाम्रो सैद्दान्तिक र बैचारिक रुपमा स्पस्ट पार्दै राष्ट्रलाई परिबर्तन र अग्रगामी दिशामा लैजान सबै एकजुट भएर लाग्नु पर्ने धारणा राख्नु भएको थियो , समिति गठन गर्ने क्रममा धेरै साथीहरुसंग भेटघाट हुने क्रममा अधिकांस नेपालीहरु संगठनमा आबद्द हुन चाहेको बताउनु भयो , र नेपाली जनप्रगतिशिल मंच ले बिदेशी भूमिमा रहेर पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ र बिशेष गरेर मजदुरहरुको हकहितको लागि सधै लडिरहने संगठन भएकोले भविष्यमा पनि आफ्नो कार्यकाल अबधिमा आफु र आफ्नो समिति सदैव अजमानमा रहने सम्पूर्ण प्रगतिशील मजदुरहरुलाई एकताबद्द गराउदै उहाहरुको शुख-दुखमा सहकार्य गरिरहने प्रतिबद्दता जाहेर गर्नु भयो ।

अध्यक्ष - गुरु प्रसाद निरौला , उपाध्यक्ष द्वय गमल थापा, ठग बहादुर गुरुङ , सचिव - सागर बोगटी , सह-सचिव - खुम बहादुर गुरुङ , कोषाध्यक्ष - दल बहादुर गुरुङ , सह-कोषाध्यक्ष - हस्त बहादुर मगर , सदस्यहरु क्रमस - गिर बहादुर राना , हुम बहादुर बि क , हेम बहादुर गुरुङ , ललित गुरुङ , श्रीकृष्ण अधिकारी , रुद्र थापा , नर बहादुर राना , राम काजी थापा, युक्त बहादुर थापा , रुक बहादुर बि क , गन बहादुर थापा रहेका छन्।

Posted by Butwalonline on 1:29 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " नेपाली जनप्रगतिशिल मंच युएई को अजमान क्षेत्रीय समिति गठन "

Leave a reply