|

प्रवासी नेपाली संघ यूएइद्धारा नयाँ बर्षको पिकनिक कार्यक्रम सम्पन्न ।

उत्तम अधिकारी ( यूएइ )२०१३ जनवरी  ६ -प्रवासी नेपाली संघ यूएइले नयाँ बर्षको अबसरमा यूएइको अल ऐन स्थित रमणिय मुबजारा पार्कमा गत शुक्रबार ४ जनवरी २०१३ का दिन शुभकामना आदान प्रदान सहितको मनोरन्जनात्मक पिकनिक कार्यक्रमको आयोजना गर्यो । संघको अल ऐन क्षेत्रिय समितिको आयोजनामा सम्पन्न उक्त पिकनिकमा अल ऐनमा कार्यरत नेपालीहरूको बाक्लो उपस्थिती रहेको थियो भने यूएइको आबुधाबी , दुबइ , शारजाह तथा बिदा जायेद लगायतका क्षेत्रमा रहेका संघका केन्द्रिय कमिटी सदस्यहरू तथा केही क्षेत्रिय कमिटीका अध्यक्षहरू समेत सहभागी हुन आइपुगेका थिए । सिंगो कार्यक्रम अबधिभर अत्यन्तै ब्यबस्थित सो कार्यक्रमका सहभागीहरूले अल ऐनमा रहेका यति धेरै नेपालीहरूलाई जमघट गराई एक आपसमा नजिक हुने अवसर प्रदान गरेकामा खुशी ब्यक्त गर्दै आयोजकलाई धन्यबाद दिएका थिए ।


          

पिकनिकको मध्य भागमा नयाँ बर्षको शुभकामना आदान प्रदानका लागि एक औपचारिक कार्यक्रम समेत राखिएको थियो । आयोजक प्रवासी नेपाली संघ युएइको अल ऐन क्षेत्रिय कमिटीका अध्यक्ष लक्ष्मण अधिकारीको सभापतित्वमा संघकै केन्द्रिय सचिब श्याम पाठक प्रमुख अतिथि रहेका  सो कार्यक्रममा संघका तर्फ बाट उपस्थित सम्पुर्ण केन्द्रिय कमिटी सदस्यहरू तथा क्षेत्रिय कमिटीका अध्यक्षहरू अतिथि रहेका थिए । संघका केन्द्रिय कमिटी सदस्य उत्तम अधिकारी द्वारा संचालित उक्त कार्यक्रममा संघकै केन्द्रिय सदस्य ईन्द्र बहादुर घिमिरेले उपस्थीत सम्पुर्णलाई स्वागत गर्दै मन्तब्य प्रस्तुत गरे भने संघकी केन्द्रिय सदस्य तथा महिला बिभाग प्रमुख मोती राइले महिला हिंसाको अन्त्यको लागि राज्यका सबै पक्ष तथा निकायले नैतीक र अनुशासित ढंगले जिम्मेवारीपुर्ण भूमिका निर्वाह गर्नु पर्ने र महिला शसक्तिकरणका लागि सम्पुर्ण नारीहरू एकजुट हुनु पर्नेमा जोड दीइन् ।


संघका केन्द्रिय सदस्य तथा प्रवासी नेपाली युबा संघ युएइका अध्यक्ष महेश गिरीले हरेक जात, धर्म , संस्क्रिती र बिशेसता अंगालेका नेपालीहरूले एक अर्कालाई मान् सम्मान प्रकट गर्दै सबै चाड पर्ब , भेस - भुसा र संस्क्रितीलाई हरेकले आफ्नै सोचेर त्यसको जगेर्ना र सम्बर्द्धनका लागि एक ढिक्का भएर अघि बढे मात्रै रास्ट्रियता मजबुत हुने हुनाले खास गरि युबा बर्ग यसबारे सचेत हुनु जरुरी रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रिय सचिब श्याम पाठकले उपस्थित सबैलाई शुभकामना दिंदै बर्तमान अन्यौलपुर्ण अवस्था बाट देशले चाडै निकाश पाउने र निकट भबिस्यमै संबिधान सभाको नयाँ निर्वाचन मार्फत देशले जनमुखी नयाँ संबिधान प्राप्त गर्नेमा विश्वाश ब्यक्त गरे । उनले सधैं भरी युबाशक्ती बिदेश बसेर देशको बिकाश सम्भब नहुने भएकोले बिस्तारै स्वदेश फर्किने योजना बनाई बिदेशमा सिकेको शिप , आर्जित पुँजी र मिहिनेत गर्ने शैलिलाई स्वदेशमै लगानी गरि परिवार , समाज र राष्ट्रलाई आत्मनिर्भर बनाउने तर्फ पनि प्रवासी नेपालीहरूले गम्भीर भएर सोच्ने बेला आइसकेको धारणा राखे ।

कार्यक्रमका सभापति तथा संघका अल ऐन क्षेत्रिय समिति अध्यक्ष लक्ष्मण अधिकारीले कार्यक्रममा उपस्थित भएर संघप्रती देखाएको मायालाई उच्च कदर गरिएको भन्दै सम्पुर्ण सहभागीहरूलाई धन्यबाद दिएका थिए । उनले नयाँ बर्ष सबैका लागि सुखद रहोस् भन्ने कामना ब्यक्त गरे । कार्यक्रमका सम्पुर्ण बक्ताहरूले नयाँ बर्षको शुभकामना दिल खोलेर बाँडेका थिए ।

कार्यक्रममा सरिक सबैले पालैपालो आफ्नो परिचय दिने परिचयात्मक कार्यक्रमले उक्त पिकनिकलाई बिशेष बनाएको थियो । कार्यक्रम ब्यबस्थापक संघकै अल ऐन क्षेत्रिय समितिका साचीब शुशिल केसीले कार्यक्रम सफल पार्न अहोरात्र खटेर महत्वपुर्ण भूमिका निर्वाह गरेका सबैमा धन्यबाद अर्पण गरे । कलाकार लक्ष्मण गुरुङले मिठो लयमा गाएका बिभिन्न लोक भाकाहरुमा स्वर मिलाउने र नाच्नेहरूले कार्यक्रमलाई निकै मनोरन्जनात्मक बनाएका थिए । संघले आफ्नो आगामी कार्यक्रम आबुधाबिमा हुने जनाएको छ ।  
 

Posted by Butwalonline on 11:16 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रवासी नेपाली संघ यूएइद्धारा नयाँ बर्षको पिकनिक कार्यक्रम सम्पन्न ।"

Leave a reply