|

स्वामित्व विवादका कारण बन्द भएको रेडियो पश्चिमाञ्चलको प्रसारण सुरु

तानसेन, पुस १९ - स्वामित्व विवादका कारण बन्द भएको पाल्पा जिल्लाको तानसेनस्थित कैलाशनगरको रेडियो पश्चिमाञ्चलको प्रसारण हिजो साँझदेखि सुरु भएको छ। एकीकृत माओवादीको व्यवस्थापनमा सञ्चालित रेडियो दुई माओवादीको विवादले बन्द भएको रेडियो तीन महिनापछि सञ्चालनमा आएको छ।


जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला प्रहरी कार्यालय र नेपाल पत्रकार महासङ्घ पाल्पा शाखा र सरोकारवाला पक्षबीच सहमति भएपछि रेडियो सञ्चालनमा आएको प्रबन्ध निर्देशक कृष्ण भुसालले बताए ।

माओवादी फुटसँगै दुवै पक्षले आफ्नो बनाउने होडका कारण रेडियोको प्रसारण बन्द भएको थियो। सहमति नहुँदासम्मका लागि भन्दै दुवै पक्षले एक महिनाअघि एफएमको ढोकामा ताला लगाएका थिए।

जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षबीच भएको सहमतिअनुसार रेडियो रजिस्ट्रार्ड सेयर सदस्यहरूको बोर्डले नै सञ्चालन गर्ने निर्णयअनुरूप एफएम सञ्चालनमा ल्याइएको पश्चिमाञ्चल एफएम सञ्चालक समितिले विज्ञप्तिमार्फत जनाएको छ।

साथै समितिले आगामी दिनमा पनि जनताको सूचनाको हकको सम्मान गर्दै शिक्षा, चेतना र ज्ञानमूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर आफनो प्रसारणलाई अझै जनमुखी बनाउने पनि बताएको छ। रासस(स्रोत :नागरिक न्यूज )

Posted by Butwalonline on 4:40 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्वामित्व विवादका कारण बन्द भएको रेडियो पश्चिमाञ्चलको प्रसारण सुरु "

Leave a reply