|

पाँचैजनालाई बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने मागसहित अदालतमा

नयाँ दिल्ली, पुस १९ (एजेन्सी) - दिल्लीमा युवतीमाथि सामुहिक बलात्कार गर्ने पाँचैजनालाई आज प्रहरीले अदालतमा उपस्थित गराएको छ। डिसेम्बर १८ तारिकमा दिल्लीमा बसभित्र सामुहिक बलात्कार भोगेकी युवतीको गत साता सिंगापुरमा निधन भयो।

यो घटनाले दिल्लीमा सामाजिक आन्दोलनले ठूलो रुप लियो। आरोपितलाई मृत्युदण्डको सजाय दिनुपर्ने मागमा आन्दोलन केन्द्रित थियो। तर, बलात्कारकै आरोपमा मृत्युदण्ड दिने कानुनी व्यवस्था थिएन। युवतीको उपचारका क्रममा निधन भएकाले प्रहरीले उनीहरुविरुद्ध हत्या, बलात्कार र अपहरणका तीनवटा मुद्दा दायर गर्ने भएको छ।दिल्ली पुलिसका प्रवक्ता राजन भगतका अनुसार प्रहरीले उनीहरुमाथि मृत्युदण्डको सजाय हुनुपर्ने मागसहित अदालतमा मुद्दा दायर गर्नेछ। स्रोत :नागरिक न्यूज

Posted by Butwalonline on 4:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाँचैजनालाई बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने मागसहित अदालतमा"

Leave a reply