राष्ट्रिय सहमति कायम हुन नसक्नुमा माओबादी दोषी-देउवा
ज्ञानु गौतम,नेपालगन्ज, माघ ६- नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रिय सहमति कायम हुन नसक्नुमा माओबादी दोषी भएको आरोप लगाएका छन । नेपाल प्रेस युनियन, बांकेले आज नेपालगंज बिमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै बरिष्ठ नेता देउवाले माओबादीको ब्यवहारका कारण राष्ट्रिय सहमति हुन नसकेको बताएका हुन ।
दलहरुसग सल्लाह नगरि प्रधानमन्त्रीले एकलौटी रुपमा चुनाव घोषणा गरेकाले प्रधानमन्त्रीले नै राजिनामा दिएर बाटो खुल्ला गर्नु नै सहमतीको बाटो हुने बताउंदै उनले राष्ट्रिय सहमतीमा माओबादीले धोका दिएको बताउनुभयो । संबिधान सभा पुनस्र्थापनामा आफ्नै पार्टी सहमत हुन नसकेको चर्चा गर्दै एमाले लगायतका दलपनि पुनस्र्थापनाको बिपक्षमा रहेकाले मुद्दा कमजोर भएको उनले टिप्पणी गरे ।
पत्रकारहरुले बिगत द्वन्द्वकालका घटनामा देउवामाथी युद्ध अपराध किन नलाग्ने भन्ने सोधेको प्रश्नको जवाफ दिंदै पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले आफुले बार्ता गर्दै गर्दा माओबादीहरुले बार्ता तोडेर दाङ्ग आक्रमण गरि युद्ध अपराध गरेको जीकिर गर्दै युद्ध अपराधामा आफुलाई कारबाही गर्न चुनौती दिए । नेपाल महिलासंघको राप्ती अञ्चल भेलाको उदघाटन गर्न दाङ्ग जाने क्रममा देउवा नेपालगन्ज पुगेका नेता देउवा शनिवार नै दाङ्ग पुगेका छन् ।