|

पश्चिमाञ्चल टेङ्कर ब्यवसायि संघ रुपन्देहीको अबिधेशनसम्पन्न

बिनोद परियार,बुटवल,माघ ६ - पेट्रोलियम पदार्थको  ढुवानी गर्ने टेङ्कर ब्यवसायलाई ब्यवस्थित बनाउनुपर्नेमा जोड दिईएको छ । पश्चिमाञ्चल टेङ्कर ब्यवसायि संघ करहिया ३ भलवारी रुपन्देहीको दशौं बार्षिक साधारणसभा तथा छैठौं अबिधेशनको उद्घाटनसत्रमा बोल्दै उनीहरुले यस्तो बताएका हुन । पेट्रोलीय पदार्थको ढुवानीमा डिपोसम्म आइपुग्दा तेल गायब हुने समस्या देखिएको भन्दै सुधार गर्न आग्रह गरेका थिए । कार्यक्रममका प्रमुख अतिथि राष्ट्रिय ट्याङकर ब्यवसायि महासंघका केन्द्रिय अध्यक्ष खगेश्वर बोहराले ढुवानीका क्रममा ईमान्दार र मर्यादित हुन आग्रह गर्दै ब्यवसायीको पक्षमा महासंघ रहेको बताउनुभयो ।

उहाँले नेपाल आयल निगम र सरकारले टेङ्कर ब्यवसायीलाई विभिन्न वाहनामा झुक्याउने गरेको बताउदै ढुवानीमा कमजोरी भएको निहुमा सरकारले टेन्डर खुलाउन खोजेकाले त्यो आफुहरुलाई मान्य नहुने बताउनुभयो ।  कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एंव संघका प्रमुख सल्लाहार चोपनारायण श्रेष्ठले टेङ्करमा गाडी चालकले लापरवाही गरेको गुनासो आएको भन्दै सुधार गर्नुपर्ने बताउनुभयो । संघका राकेश कुमार कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसिएशनका केन्द्रिय महासचिव लिलेन्द्र प्रधान,टयाङ्कर ब्यवसायि महासंघका केन्द्रिय महासचिव विष्णु अर्याल,ब्यवसायि बालकृष्ण गैरे,संघका संस्थापक सचिव नगेन्द्र गोविन्द श्रेष्ठ,पश्चिम नेपाल बस ब्यवसायि संघ बुटवलका अध्यक्ष दधि खरेल,लुम्बिनी ट्रक ब्यवसायि समितिका सचिव गुणाखर गौतम,महासचिव महेश्वरराज पाण्ड लगायतले  बोल्नुभएको थियो । अबिधेशन आजै नया नेतृत्व चयन गरि सकिनेछ ।

Posted by Butwalonline on 6:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पश्चिमाञ्चल टेङ्कर ब्यवसायि संघ रुपन्देहीको अबिधेशनसम्पन्न "

Leave a reply