|

मजदुरहरुलाई प्रसाशनले जागिरबाट निष्काशित गरेपछि आन्दोलन चर्किदै

बिनोद परियार ,बुटवल,माघ २-कपिलबस्तुको पैकीबण्डा बिरपुर स्थित अर्घाखांची सिमेन्ट प्रालिमा  कार्यरत ७ जना स्थायी मजदुरहरुलाई प्रसाशनले जागिरबाट निष्काशित गरेपछि आन्दोलन चर्किदै गएको छ । स्वतन्त्र कर्मचारीहरुले संगठन बिस्तार गरि युनियनमा आबद्ध भएको निहुमा प्रशासनले पुस २७ गतेदेखि प्रालिको गेटमा ७ जनालाई निष्काशित गरेको सुचना टांसेको छ । यूनियनका अध्यक्ष सहितका मुख्य ब्याक्तिहरुलाई बिना कारण जागिरबाट हटाईएको भन्दै प्रालिमा कार्यरत यूनियनका ७० जना मजदुरहरु २७ गतेदेखि नै मूलगेटमा धर्नामा बसेका छन् ।उनिहरुले महाप्रबन्धकको राजिनामा र आफूहरुको पुर्नबाहली नभएसम्म आफूहरुको धर्ना र बिरोधको कार्यक्रम जारि रहने बताएका छन् ।

यसरी निस्काशित हुनेहरुमा यूनियन अध्यक्ष रोहित यादब,सचिब शिबराम बाल्मीकी तथा रामणल यादब,सत्यनारायण गुप्ता,रामकृपाल यादब,सुभाष चौधरी,सौमद्र्व गुप्ता रहेका छन् । २ सय ४० कर्मचारि मध्ये ७९ स्थायी हुन् । मजदुरको आन्दोलन चर्किदै गएपछि प्रालिमा शसस्त्र र जनपथ प्रहरी ठूलो संख्यामा परिचालित छन् । "हाम्रो केहि गल्ती छैनु,नेपाल स्वतन्त्र केमिकल तथा आईरन मजदुर यूनियनका अध्यक्ष रोहित यादब भन्छन् मदिरामा लठ्ठीएका महाप्रबन्धक राजेन्द्र बहादुर सिंहले हामीलाई मजदुर संगठनमा लागेको भन्दै गलौज तथा हातपात गरेर दुब्र्यबहार गरेु । बिनाकारण स्थायी जागिर गएकोमा चिन्तीत बनेका यादबले आफू सोहि कम्पनीमा बिगत ७ बर्षदेखि निरन्तर कार्यरत रहेको बताए ।

कम्पनीका प्रशासन अधिकृत प्रकाश उपाध्यायले कम्पनीको नियम बिपरित काम गरेकोले उनिहरु निस्कासित भएको बताए । उनले मजदुरलाई श्रम ऐनको परिच्छेद ८ को ५२ (४)बमोजिम कारबाहि गरेको बताउंछन् । प्रालिको मूलगेटमा टांसिएको सुचनामा पुस १९ गते राति यूनियनका अध्यक्ष पलम्बर पदमा कार्यरत रोहित यादबले बिना जानकारि प्रालिको लोडर बाहिर लगेकाले स्पष्टिकरण पछि कारबाहि स्वरुप कामबाट निस्काशित गरेको उल्लेख गरिएको छ । यूनियनका कोषाध्यक्ष प्रकाश सिंहले निस्काशित मजदुरहरुको पुर्नबाहली नभएसम्म आन्दोलन नरोकिने चेताबनी दिएका छन् । कम्पनीका निस्काशित अधिकांश कर्मचारिहरु सिनीयर र ५/७ बर्षदेखि कार्यरत थिए ।

आन्दोलनमा रहेका मजदुरहरुले नेपाली कामदारहरु छानीछानी निकालेको र केही भारतिय मजदुर मात्र कम्पनीमा रहेको बताए । बिगत १२ बर्षदेखि संचालित उक्त सिमेन्ट प्रालिले बिभिन्न समयमा डाईनेस्टिक,एभरेष्ट तथा अहिले अर्घाखांची नामबाट संचालित छ । कर्मचारिहरु निस्काषित पछि प्रालिले दैनिक उत्पादन गर्दै आईरहेको २ सय टन क्लिङ्कर र २ सय ५० टन सिमेन्ट उत्पादनमा प्रभाब परेको प्रशासनले जनाएको छ ।

Posted by Butwalonline on 12:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " मजदुरहरुलाई प्रसाशनले जागिरबाट निष्काशित गरेपछि आन्दोलन चर्किदै"

Leave a reply