|

लुम्बिनीमा लुम्बिनी म्याराथुन दौड प्रतियोगीता संम्पन्न

बिनोद परियार ,लुम्बिनीको पर्यटनमा नया आयाम थप्ने उदेश्यले मंगलबार लुम्बिनीमा लुम्बिनी म्याराथुन दौड प्रतियोगीता संम्पन्न भएको छ । लुम्बिनीलाई बिश्व ब्यापी रुपमा प्रचार प्रसार गरी भिच्छुहरुको मात्र गन्त्यब्य स्थल भन्दा पनि उत्सवमयी , खेलमयी र मनोरन्जनात्मक पर्यटन क्रिडामयी बनाउदै बिश्व पर्यटन म्यापमा लुम्बिनीलाई उत्कृष्ठ पर्यटन गन्त्यब्य स्थलको रुपमा कायम राखी राख्नका लागी आयोजना गरीएको म्याराथुन दौडमा नेपाली सेनाका लेटर सिंह खत्री प्रथम भएका छन्र । उनले ५० हजार रुपैया पुरस्कार हात पारेका छन्र ।

त्यसैगरी नेपाली सेनाकै कृष्ण बस्नेत दिप्तीय र नेपाली सेनाकै कल्याण बानीया तृतीय भएका छन्र । दिप्तीयले ३५ हजार र तृतीयले २५ हजार पुरस्कार हात पारेका छन्र । त्यसैगरी १० किलोमिटर दुरीका महिला तर्फका बिजेता प्रथम बिश्व रुपा बुढा , दिप्तीय कान्छी माया कोजु , तृतीय बृन्द्धा श्रेष्ठ रहनु भएको छ । त्यसैगरी बिध्यालय तर्फ ५ किलोमीटर तर्फ छात्रा प्रथम संगीता खड्रका , दिप्तीय सर्मीला क्षेत्री , तृतीय रिना कपाली रहनु भएको छ ।

त्यसैगरी पांच किलोमिटरको छात्र तर्फ प्रथम राजु श्रेष्ठ , दिप्तीय भरत शावत , तृतीइ अखिलेश यादव रहनु भएको छ । भेट्रान्स तर्फ प्रथम महेन्द्र मर्हजन , दिप्तीय कृष्ण गुरुड. र तृतीय भिम गुरुड. रहनु भएको छ । २१ किमी लामो म्याराथुनमा ९९ जनाको सहभागीता रहेको थियो ।

रन फर लुम्बिनी फर लोकल टुरिजम , रन फर बुद्ध रन फर पिस , र रन फर योर ईनलाईटेनमेन्ट भन्ने नाराका साथ लुम्बिनी भ्रमण बर्ष २०१२ को समापनका अवसरमा आयोजीत दौडमा स्वदेशी , बिदेशी र भिच्छुहरु सहभागी रहेका थिए ।

मगलबार बिहान कपिलबस्तुको कुदान  क्षेत्र दोहनी बाट भई २१ किलोमीटरको दुरी तय गर्दै लुम्बिनीमा आई सकिएको थियो । बिभिन्न पांच बिधामा आयोजीत म्याराथुन दौड मध्ये २१  किलोमीटर दुरीको दौडमा प्रथम हुनेले ५० हजार रुपैया पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी दिप्तीइ हुनेले ३५ हजार , तृतीय हुनेले २५ हजार पाउने छन्र । त्यसैगरी १० किलोमिटर लामो महिला दौडमा प्रथम हुनेले २५ हजार दिप्तीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैया प्राप्त गर्ने छ । त्यसैगरी बिध्यालय स्तरीय ५ किलोमीटर दौडमा बिजेताले १० हजार , उपबिजेताले ७ हजार र तृतीयले ५ हजार रुपैया प्राप्त गर्ने छन्र ।

त्यसैगरी भेट्रानको बिजेताले ५ हजार उपबिजेताले ४ हजार र तृतीय हुनेले ३ हजार रुपैया प्राप्त गर्ने छन्र भने ह्विल चेयर दौडको बिजेताले ५ हजार उपबिजेताले ४ हजार र तृतीय हुनेले ३ हजार रुपैया प्राप्त गरेका छन्र । म्याराथुन बिजेतालाई लुम्बिनी भ्रमण बर्ष समापन कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्रराईले एक कार्यक्रमका बिच पुरस्कार बितरण गर्नु भएको थियो ।

Posted by Butwalonline on 12:37 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनीमा लुम्बिनी म्याराथुन दौड प्रतियोगीता संम्पन्न"

Leave a reply