|

तिलौराकोटमा हुने उत्खननको रेखदेख गर्न अनुगमन समिति गठन

किरणमान बज्राचार्य,कपिलवस्तु, १५ माघ-बुद्धको क्रिडा स्थल प्राचिन कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रमा उत्खनन हुने उत्खननको रेखदेख गर्न स्थानीय बिकास अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा नौ सदसयीय अनुगमन समिति गठन गरिएको छ । निममित अनुगमन, रेखदेख र उत्खनन टोलीलाई आवश्यक सहयोग गर्नका लागि सो समिति गठन गरिएको हो ।

समितिमा प्रशासकीय अधिकृत मेघनाथ पाध्या, अमृत चन्द्र ठाकुर, पशुपतिमणि त्रिपाठी, माधुरी श्रेष्ठ, मेराज खाा, जीत बहादुर चौधरी, नगरपालिकाका कार्यकबारी अधिकृत चिरीञ्जीवी सापकोटा लगायत रहेका छन् । बिगतमा यस क्षेत्रमा देवला मित्र लगायतले उत्खनन गरी भेटिएको पुरातात्विक चिजहरु गायब गराईएको भन्ने ब्यापक गुनासो आए पछि उत्खनन टोली कै सुझावमा समिति गठन गरिएको थियो । समितिले उत्खनन टोलीलाई सहज तरिकाले काम गर्ने वातावरण मिलाउनुका साथै उत्खननकाक्रममा भेटिएका सामानहरुको समेत निग्रानी गर्ने संयोजक पाण्डेयले बताउनु भयो । बेलायतको दरहाम बिश्व बिद्यालय, पुराततव बिभाग र लुम्बिनी बिकास कोषको संयुक्त टोलीले पााच बर्षे परियोजना अन्र्तगत तिलौराकोट दरबारको कोटियामाईको उत्तर तर्फको सुरक्षा किल्लाको उत्खनन र संरक्षण गर्ने भएको हो । गत बर्ष तिलौराकोटको दक्षिण तर्फ रहेको लोहर्सरिया स्तुपको उत्खनन संपन्न गरेको सो टोलीले दास्रो बर्ष सो क्षेत्रको उत्खनन गर्न लागको हो ।

दुरहाम बिश्व बिद्यायका उप कुलपति प्रोफेसर कनिङ्घमले उत्खनन कार्य आगामी फरवरी ३ तारेख देखि मार्च १ तारेख सम्म चल्ने छ । उत्खननमा नौ जनाको बिशेषज्ञ टोली रहेने छ ।

टोलीमा संयोजक आचार्य, दुरहाम बिश्व बिद्यालयका मार्क मैनल, जेनिफर टेम्बेली, क्रिस्टीफोर डेबिस, बरिष्ठ पुरातत्वबिद बसन्त बिडारी, पुरातत्व अधिकृत कृष्ण केसी, राम बहादुर कुवर लगायत नौ जना रहेका छन् ।

Posted by Butwalonline on 6:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " तिलौराकोटमा हुने उत्खननको रेखदेख गर्न अनुगमन समिति गठन"

Leave a reply