|

कुखुराको अभाव भए पछि मासुको मुल्य ह्वात्तै बढ्यो

किरणमान बज्राचार्य,कपिलवस्तु, १५ माघ-मासु किन्नका घरै छेउमा रहेको कुखुराको मासु पसलमा आईतवार जानु भएकी कपिलवस्तु नगरपालिका– ४ भिक्षु चोक की गृहणी प्रज्ञा मरासिनी मासुको मुल्य सुनेर झस्किनु भयो । माघको पहिलो साता सम्म प्रति किलो दुई सय ३०मा त्यही पसलमा ब्रोईलर कुखुराको मासु  खरिद गर्नु भएकी मरासिनीले पसलेले मासुको बढेको मुल्य बताए पछि झस्किनु भएको थियो । ‘ माघ ४ गते त्यही पसलमा मासु किन्दा दुई सय तिसमा पाएका थिए, अहिले दुई सय ८० रुपैया तिुर्न पऱ्यो ’ उहाले भन्नु भयो ।

अहिले बजारमा कुखुराको मुल्यमा एकै पटक ४० देखि ५० रुपैया  बढेको मासु ब्यवसायी बताउछन् । मासुको मुल्यबजारमा अत्यधिक माग भए पनि जिउदो ब्रायलर कुखुराको अभाव भए पछि कपिलवस्तुमा कुखुराको मासुको मुल्य ह्वात्तै बढेको छ । चिसो सिजनमा कुखुराको मासुको माग अधिक भए पनि त्यस अनुसार बजारमा कुखराको आपुर्ति हुन नसके पछि मुल्य बढेको हो ।

जिल्लाका बजारमा अहिले कुखुराको मुल्य ४० देखि ५० रुपैया बढेको मासु ब्यवसयाीहरु बताउछन् । बिगतमा दुई सय देखि दुई सय ४० सम्म पाईने कुखुराको मासु अहिले बजारमा प्रति केजी मूल्य दुई सय ६० देखि २ सय ८० सम्म भएको छ । तौलिहवा हाट बजारमा मासु पसल संचालन गर्दै आउनु भएका कप्तान मुसलमानले बजारमा जाडो सिजन भएकाले माग धेरै भएको तर जिउदो कुखुराको अभाव भए पछि मुल्य बढेको बताउनु भयो । पहिले नजिकैको गाउ मै पाईने कुखुराको स्टक सकिए पछि चन्द्रौटा बजारबाट कुखुरा ल्याएर मासु बिक्री गर्दै आउनु भएका मुसलमानले जिउदै कुखुराको प्रति किलो दुई सयमा किनेर ल्याएको बताउनु भयो ।

नेपालका बिभिन्न स्थानमा बर्ड फ्लु देखिए पछि चल्लाको अभाव छ भने धेरै कुखुरा पालक ब्यवसायीले अहिले कुखुरा पाल्न छाडेकोले बजारमा त्यसको अभाव खडकिएको मासु अर्का मासु ब्यवसयी कलाम मुसलमान बताउनु हुन्छ । जिल्लाका कुखुरा मूल्य बढे पछि बाहिरी जिल्लामा समेत निकासी भए पछि कपिलवस्तुमा जिउदो कुखुरा पाईने छाडेकोले कैयो मासु पसल बन्द भएको उहाले बताउनु भयो ।

उता कुखुरा पालक ब्यवसायी मुल्य बढे पछि मालामाचल भएका छन् । एक महिना अघि सम्म एक सय १५ देखि एक सय २५ रुपैयामा प्रति किलो जिउदो कुखुरा बेचेका उनीहरुले एकै पटक यत्रो मुल्य बढे पछि उनीहरु मालामाल भएका  हुन । चल्लाको अभाव, दानको मुल्य बृद्धि र जाडोमा कुखुरा चाडै नबढने भएकाले आफुहरु समेत समस्यमा परेको उनीहरले गुनासो गरे ।

उपभोक्ताहरुले एकै पटक किलोमा ५० रुपैया मासु ब्यवसायीले आफु खुसी बृद्धि गरेको प्रति असंतुष्टी ब्यक्त गरे । उनीहरले प्रशासन कार्यायले त्यस बारे बजार अनुगमन गरी आफु खुसी मुल्य बृद्धि गर्ने मासु ब्यवसायीलाई अनुगमन गरी कारबाही गर्नु पर्ने स्थानीय उपभोक्ताले माग गरेका छन् ।

उता प्रशासन कार्यायले भने मासुको मुल्य बृद्धि बारे अनभिज्ञता प्रकट गरेको छ । प्रशासकीय अधिकृत मेघन पाध्याले कार्यालयमा त्यस्को कुनै उजुरी नआएको तथा यस बारे बजारको अनुगमन गरिने बताउनु भयो ।

Posted by Butwalonline on 6:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " कुखुराको अभाव भए पछि मासुको मुल्य ह्वात्तै बढ्यो"

Leave a reply