|

क्यासिनोका कामदारद्वारा ब्यबसायिक मेबा खेती

किरणमान बज्राचार्य,कपिलबस्तु, १५ माघ-आफनो पेशामा मन्दी आउन थाले पछि क्यासिनोमा काम गर्ने दुई कामदारले कपिलवस्तुको शिवपुर गाबिसमा ब्यवसायिक रुपमा मेबा खेतीमा लागेका छन् ।

सधैभरि स्टार होटलमा हुने जुबातास खेलाउने काममा सक्रिय उनीहरु अहिले कृषि पेशा अगाल्न पुगेका हुन् । ललितपुर उपमहानगरपालिका–२ सानेपाका ३९ बर्षे कुमार खनाल र कपिलबस्तकोु शिबपुर–७ का ४१ बर्षे रोमाखर पाण्डेले आधुनिक मेबा खेती थालेका छन् । खनाल सोल्टी होटलको क्यासिनो नेपालमा क्यास काउण्टर प्रमुख छन् भने खनाल होटल अन्नपुर्णको क्यासिनो अन्नामा काम गर्दछन् । उनीहरुको कामलाई स्थानीय स्तरबाट शिबपुरका लेखनाथ पौडेलले सहयोग गर्नु भएको छ । खनाल १४ बर्ष देखि र पाण्डे १७ बर्ष देखि क्यासिनोमा कार्यरत छन् ।

दिनानुदिन क्यासिनोको ब्यापारमा मन्दी आएको र क्योसिनोको रोजगारमा बढी जोखिम उठाउनु परेकाले बैकल्पिक पेशाका रुपमा कृषिलाई लिईएको उहाहरुको भनाई छ । ती दुईले दुई महिना अघि शिबपुर गाबिस–६ मा ५ बिगहामा जग्गा ६ बर्षलाई लिजमा खेती थालेका हुन । उक्त जग्गामा ५ हजार मेबाका रुख रोपेर खेती थालिएको हो । नया कुरा गर्‍रौं भनेर धेरै सरसल्लाह र खोजी निति गर्दा मेबा खेती गर्न पुगेको खनालले बताउनु भययो । उहाहरुले ताईबानबाट हाई ब्रिड बिउ ल्याएर बेर्ना उमारेर एक महिना अघि बिरुबा लगाउनु भएको हो । ८ देखि ९ महिना भित्र उत्पादन  हुने मेबाको स्बाद र रंग राम्रो भएकाले उक्त मेबा लगाएको बताईएको छ ।

कुन मेबा खेती गर्ने भनेर बिउ छनौट गर्न ३/४ बिदेशी कम्पनीलाई पत्राचार गरिएकामा ताईबानको नोन यु कम्पनीको बिउ राम्रो भएकाले छनौट गरिएको मेबा खेतीका संचालक खनालले बताउनु भयो । उक्त कम्पनीको भारत स्थित लखनउमा शाखा कार्यालय भएको र त्यहाबाट नियमित प्राबिधिक सहयोग गर्ने भने पछि त्यहाको हाईब्रिड बिउ छनौट गरिएको हो । लखनउबाट एक प्राबिधिक समेत रुख रोप्ने बेलामा यहा आएका थिए । अहिले खेती गरिरहेको ठाउको हाबापानी र माटोको प्राबिधिक परिक्षण पछि राम्रो भएकाले खेती गरिएको हो ।

सधैभरि क्यासिनोको भीडभाड र तडक भडकमा कत्ती जागिर खाने भन्दै कृषिलाई ब्यबसायीयक गरेर आधुनिक पेशा गरिएको दुबैका भनाई छ । उनीहरुले ब्यबसायिक रुपमा कही कतै मेबा खेती नभएको पाए पछि आफुहरुले खेती थालेको बताउनु भयो । धेरै ठाउ गयों तर कतै कही आधुनिक रुपमा मेबा खेती नभएको पाए पछि नेपालमै पहिलो पटक आफुहरुले थालेको दाबी अर्का संचालक लेखनाथ पौडेलक छ । समुह समुहमा थोरै थौर गरेको पायौं तर नेपालको मेबाको माग भने भारतको पुनाबाट हुदै आएकाले अब नेपालबाटै यहाको माग पुर्‍याउने बताईएको छ । मेबा लगायौं अब खेतीलाई ब्यवस्थित गर्न कम्पनी दर्ता गर्ने प्रक्रियमा गएको उनीहरुको भनाई छ । चैत्र बैशाखमा मेबा बिक्री गर्ने हुन थाले पछि बजार बिस्तारमा लाग्ने बताईएको छ । क्यासिनोमा काम गर्ने ललितपुरका खनाल अहिले पुर्ण रुपमा खेतीमै लागेका छन् भने अर्का पाण्डे बेला बेलामा १०/१५ दिन बिदा लिएर यहा आउनु हुन्छ ।

नेता देखि कलाकार सम्मले कृषि पेशा गरेर सुनेर पनि आफुहरुलाई प्रेरणा जागेको संचालक पाण्डेले बताउनु भयो । २० लाख बढी लगानी गरेर उहाहरुले यो खेती शुरु गनु भएको हो ।

Posted by Butwalonline on 6:40 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्यासिनोका कामदारद्वारा ब्यबसायिक मेबा खेती"

Leave a reply