बिरामीलाई लगाउने इन्जेक्सन (सुई) एम्बुलेन्सलाई लगाउनु परेपछि
क्याप्हाइसन (हाइटी), पुस २३ - हाइटीको एफपीयु मिसनमा पठाइएको एम्बुलेन्स इन्जेक्सन लगाएर स्टार्ट गर्नुपर्ने अवस्थामा पुगेको छ । यूएनबाट जाँच गर्न आउने टोलीबाट पास गराउन इन्जेक्सन दिएर स्टार्ट गराउने गरिएको हो । एम्बुलेन्सको तेलट्याङ र स्टार्ट हुने बिचको पाइपबाट तेल राम्रो पास नहुदाँ चालक छेउको सिट उठाएर बिरामीलाई लगाउने इन्जेक्सन (सुई) मार्फत् पेट्रोल पठाएर स्टार्ट गर्ने गरिएको छ । गएका १ बर्ष देखी एम्बुलेन्सको हालत त्यस्तो भएको हो ।
अर्को एम्बुलेन्स पनि स्टार्ट मात्र हुन्छ । दुबै एम्बुलेन्सले बिरामी बोक्न नसक्ने एफएपीयु कमाण्डर एसपी सञ्जयराज शर्माले बताए । 'तर युएनको निरिक्षण भने पास गराइरहेका छौं' उनले कान्तिपूरसंग भने 'केहि साधनलाई ओरालोमा लगेर स्टार्ट गर्ने गरिएको छ, यस्तै निरिक्षणमा आउने अधिकारीलाई अनुरोध गरेर पास गराइन्छ ।' एफपीयुमै खटिएका कुनै प्रहरी कर्मचारी नै बिरामी हुदा समेत एम्बुलेन्स प्रयोग गर्न समस्या भएको शर्माले जनाए । यसरी बिगि्रएका सवारी साधन यूएनको निरीक्षणमा पास गराउन सकेकोमा शर्माले गर्ब गरे ।
यसरी बिगि्रएका सवारी साधनको निरीक्षण पास गराउँदा कुनै दिन बदनामी हुने अन्य प्रहरी कर्मचारीको भनाई छ । 'नेपालको प्रतिनिधीत्व गरेर मिसनमा खटिएको प्रहरीको सामान त्यस्तो फेला परे बदनामी हुने छ' एक प्रहरीले भने 'बिगि्रएका र काम नलाग्ने सामान पहिला नै थान्को लगाएर नयाँ सामान ल्याउनु पर्यो ।'
एफपियु मिसनमा अति आवश्यक पर्ने एम्बुलेन्स मात्रै होइन, सबै सवारी साधनहरु थोत्रा र काम नलाग्ने भएका छन् । कतिपय सामानहरु थोत्रा सामान नै पठाइएको र कतिपय नयाँ साधनको मर्मत संभार र जतन नहुदाँ बिगि्रएको हुन् । प्रहरी महानिरीक्षकको सचिबालयका डिआइजी केशब अधिकारी महालेखा नियन्त्रण कार्यालयका मीन प्रसाद रेग्मी, युएन शाखाका एसएसपी रमेश खरेल लगायतले निरीक्षण गर्दा त्यस्तो देखिएको हो ।
निरीक्षण टोलीका संयोजक डिआइजी केशब अधिकारीले बिगि्रएका सवारी साधानको मर्मतका लागि नयाँ सामानहरु नेपालबाट आइरहेको बताए । उनले मर्मतका सामानको तौल धेरै हुने भएकाले जहानबाट एकैपल्ट पठाउन नमिल्ने बताए ।
प्रहरीको ३ वटा एपीसी काम नलाग्ने भएका छन् । तिनीहरुको स्टार्ट मोटर, एक्सेलेटर मोटर बिगि्रएर थन्किएका छन् । गस्तीमा जादाँ लिएर जानु पर्ने एपीसी काम नलाग्ने भएपछि प्रहरीहरु त्यतिकै फिल्डमा खटिने गरेका छन् । पेट्रोल ट्याङकर पनि जिर्ण अवश्थामा पुगेको छ । तेल भर्न पेट्रोलपम्पसम्म समेत नपुग्ने भएपछि पम्प साहुसंग अनुरोध गरेर प्रहरी क्याम्पमै ल्याएर तेल भर्ने गरिएको छ । 'बीच बाटोमा बिगि्रयो भने ल्याउन समस्या हुन्छ' एसपी शर्माले भने 'राखेकै ठाउँमा समेत पेट्रोल चुहिन्छ ।' ट्याङकर खिइएर चुहिन थालेको छ । कपडाले चुहिने ठाउँ टालेर काम चलाउने गरिएको छ ।
यस्तै फिल्डमा खटिने सन् २००४ मा खरिद गरेर पठाइएका ६ वटा माज्दा पिकअप कामै नलाग्ने अवश्थामा थन्किएका छन् । स्टार्ट नहुने देखी प्रहरी कार्यालयबाट अलि टाढासम्म पनि नजाने अवश्थामा पुगेका छन् । यि गाडीहरु राम्ररी जतन नगरिएको र खरिद गर्दा नै नयाँ गाडी पठाएको भनेर काठमाडौंका प्रहरी कार्यालयमा प्रयोग भइरहेका पुराना गाडीलाई रातारात रङ लगाएर पठाइएका थिए ।
मुख्य घटना सहायता कार्यदलका एक डिएसपी चढिराखेको माज्दा गाडी तत्कालिन महानिरीक्षक श्यामभक्त थापाले हाइटी पठाउन रातारात लगेर रङ लगाउन लगाएका थिए । अहिले २००८ मा खरिद गरिएका ६ वटा हाइलेक्स गाडीले मात्र मिसन धानिरहेका छन् । यि सबै सामान खरिद गरिसकेपछि युएनले बिल अनुसारको रकम दिने गर्छ । आफुले सामान खरिद गर्न नसक्ने बताए उसले आपै+m खरिद गरेर दिने गर्छ । प्रहरी कर्मचारी त्यसरी सामान खरिद गर्दा कमिसन खान नपाइने भएकाले त्यसो गर्न तयार नहुने बताउँछन् ।
यस्तै दुई वटा ट्रक पनि फिल्डमा पठाउन सक्ने स्थिती छैनन् । बस पनि काम नलाग्ने छ । काठमाडौं भक्तपुर चल्ने थोत्रा बस काम लाग्ने स्थिीत छैन । सस्तो चाइनिज बस खरिद गरेर पठाएको हुनाले बिगि्रएपछि सामान उपलब्ध नहुने समस्या छ । त्यसको गियर सिफ्ट नहुने समस्या छ । मिसन प्रमुख भएर जाने प्रहरी अधिकृतले बिगि्रएका सामान मर्मत संभार गर्ने र नयाँ सामान मगाउने भन्दा बढि आफ्नो कार्यकाल सफल बनाउन कामै नलाग्ने सामानको समेत परिक्षण पास गराउने गरेका छन् । साभार :कांतिपुर
