|

बिरालो प्रहरी हिरासतमा..! ( भिडियो सहित )

एजेन्सी, पौष २२ । ब्राजिलमा एक पोथी बिरालोलाई त्यहाँका जेल अधिकारीहरुले हिरासतमा लिएका छन् । बिरोलीको गल्ती यत्ति थियो कि उसको शरीरमा टेपको मद्दतमा कैदीहरुका लागि गैरकानूनी सामानहरु बाँधिएको भेटिएको समाचार एजेन्सी बीबीसीले जनाएको छ ।

उक्त बिरालीलाई त्यतिखेर पक्राउ गरियो, जतिबेला बिराली एलागस प्रान्तस्थित एरपिराका शहरको एक जेलको मूख्य ढोकाबाट भित्र जाँदै थिई । पहिला त जेलको  मूख्य ढोकाबाट बिराली भित्र छिरिरहेको देखेर जेल अधिकारीहरु चकित परे ।

तर, पछि जेल अधिकारीहरुलाई शंका लाग्यो र उनीहरुले बिराली समातेर परीक्षण गरे । यो घटना इस्वी नयाँवर्षमा घटेको भएपनि अधिकारीहरुले अहिले मात्रै जानकारी दिएको बताइएको छ ।

बिरालीको शरीरमा टेपको मद्दतमा केही सामानहरु बाँधिएको भेटियो । बिरालीको शरीरबाट ड्रिलिङ मेसिन, एक मोबाइल, एक हेडफोन, एक चार्जर र केही कागज भेटिएको जनाइएको छ ।

उक्त जेलका प्रवक्ताले कुन कैदीले उक्त कार्यको लागि बिरालीको प्रयोग ग¥यो, त्यो पत्ता लगाउन गाह्रो हुने प्रतिक्रिया दिएको स्थानीय पत्रिकालाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । जेलका प्रवक्ताले बिरालीले बोल्न नजान्ने हुनाले त्यस कार्यमा संग्लन पक्रिन मुस्किल हुने प्रतिक्रिया दिएका हुन् ।

जेल अधिकारीहरुले बिरालीबाट जुन समान बरामद गरे ती समानहरु कैदीले जेलबाट भाग्न प्रयोग गर्न सक्ने बताएका छन् । यो घटना भएको जेलमा २ सय ६३ कैदीहरु रहेको पनि जनाइएको छ । बिरालीलाई भने नजिकैको जनावर केन्द्रमा राखिएको जनाइएको छ । स्रोत : ईमेज  च्यानल

Posted by Butwalonline on 7:30 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बिरालो प्रहरी हिरासतमा..! ( भिडियो सहित )"

Leave a reply