|

शिक्षकको पेशागत विकास सम्बन्धी एक दिने कार्यशाला सम्पन्न

गोपाल प्रसाद वश्याल,पाल्पा, माघ १३-नेपाल अंग्रेजी भाषा शिक्षक एशोसियशन (नेल्टा) पाल्पा शाखाको आयोजनामा शिक्षकको पेशागत विकास सम्बन्धी एक दिने कार्यशाला शैक्षिक तालिम केन्द्र पाल्पामा आज सम्पन्न भएको छ ।

नेल्टाका सदस्यहरु, पाल्पाका विभिन्न विद्यालय तथा कलेजका शिक्षक तथा विद्यार्थीहरु गरी ३२ जना सहभागी यस कार्यशालामा नेल्टा पाल्पाका अध्यक्ष गोपाल प्रसाद वश्यालले वंगलादेश अंग्रेजी भाषा शिक्षक एसोशियशन (बेल्टा) को छैठौं अन्तराष्ट्रिय सम्मेलन र संस्थागत विकास समीक्षा सम्बन्धी अनुभव, सिकाइ तथा प्रतिवेदन प्रस्तुत गर्नुका

साथै"Personal Theories: exploring teachers' metaphors विषयमा कार्यशाला सञ्चालन गरेका थिए । साथै उनले वंगलादेशी शिक्षकहरुको पेशागत नेतृत्वमा महिलाहरुको प्रधानताको प्रशंसा गर्दै व्यवस्थित र विविध प्रस्तुति सहितको सम्मेलनबाट नेल्टाले सिक्नुपर्ने पाठहरुबारे चर्चा गरे ।

त्यसैगरी कार्यशालामा शिक्षक शिक्षाका लागि वैयक्तिक पहिचान, पेशागत ज्ञान तथा सिप, शिक्षा, शिक्षकका शिक्षण पेशा प्रतिको धारणा, मूल्य मान्यता, अनुभूति र परिवर्तनका लागि अध्ययनको तत्परता जस्ता आधारभूत पक्षहरुमा जोड दिएका थिए ।  कार्यशालाको सञ्चालन सहजीकरण नेल्टा पाल्पाका सचीव रामनाथ न्यौपानेले गरेका थिए ।

Posted by Butwalonline on 7:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शिक्षकको पेशागत विकास सम्बन्धी एक दिने कार्यशाला सम्पन्न"

Leave a reply