अफगानिस्तानमा १५ हजारभन्दा बढी नेपालीको रोजगार गुम्दै
दोहा (कतार), माघ १४ - अफगानिस्तानस्थित अमेरिकी सेनाका सहयोगी क्याम्पमा कार्यरत १५ हजारभन्दा बढी नेपाली कामदारको रोजगार गुम्ने अवस्थामा पुगेको छ । अमेरिकी सेनाले २०१४ को अन्त्यसम्ममा अफगानिस्तान छाड्ने घोषणा गरेकाले उनीहरूका सहयोगीको रूपमा कार्यरत नेपाली कामदारको रोजगार गुम्ने भएको हो । यस विषयमा क्याम्प व्यवस्थापनले नेपाली कामदारलाई जानकारी गराइसकेको छ ।
अमेरिकी सेनाले अपि्रलबाट छाड्न सुरु गर्नेछ । 'यही अपि्रलमा हामीले सहयोग गर्ने सेना र्फकने भएकाले हाम्रो बेस क्याम्प पनि बन्द हुने सूचना दिएको छ,' एक कम्पनीको प्रशासन फाँटमा कार्यरत नेपाली कामदार रामचन्द्र रानाभाटका अनुसार 'घर फिर्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।' रोजगारी गुम्ने भएपछि निकै जोखिम लिएर त्यहाँ पुगेका कामदारहरू चिन्तित बनेका छन् । 'यहाँ अमेरिकी सेनाका ८३ वटा क्याम्प छन् । त्यसमा १५ हजार नेपाली कार्यरत छन्,' उनले भने, '२०१३ को अन्तिमसम्म ५३ क्याम्पहरू बन्द हुने सूचना हामीलाई दिएको छ ।साभार :कांतिपुर