मलेसियामा नेपाली कामदारको न्युनतम पारिश्रमिक २६ हजार रुपैयाँ
काठमाण्डौं,पुस १९-मलेसियामा कार्यरत नेपाली कामदारको मासिक तलब न्यूनतम २६ हजार रुपैयाँ (९ सय रिंगिट) पुगेको छ । मलेसियाली सरकारले आप्रवासी कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरी मंगलबार (जनवरी १) बाट कार्यान्वयनमा ल्याएको हो ।
यो निर्णयले त्यहाँ वैध रुपमा कार्यरत चार लाखभन्दा बढी नेपाली कामदारलाई राहत मिल्नेछ । संशोधित निर्देशिक कार्यान्वयनबाट त्यहाँ कार्यरत नेपाली कामदारको मासिक तलब कम्तीमा १० हजार रुपैयाँ बढेको छ ।
‘मलेसिया सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक निर्देशिका संशोधन गरी कार्यान्वयनमा ल्याएको छ,’ मलेसियास्थित नेपाली दूतावासका श्रम सहचारी अमलकिरण ढकालले भने, ‘कामदारको न्यूनतम मासिक तलब ९ सय मलेसियन रिंगिट निर्धारण गरिएको छ । संशोधित निर्देशिका मंगलबारबाट कार्यान्वयनमा आएको छ ।’
मलेसियाको मानव संशाधन मन्त्रालयले शुक्रबार आप्रवासी कामदारसम्बन्धी न्यूनतम पारिश्रमिक निर्देशिका संशोधन गर्दै मासिक तलब ९ सय रिंगिट न्युनतम तलब तोकेको छ ।स्रोत :ऑनलाइन खबर