जंगली हात्तीले गएराती फेरी अयोध्यापुरीका ९ घर भत्कायो
काठमाडौं, पौष १९ । चितवनको माडीमा जंगली हात्तीले फेरी आतंक मच्चाएको छ । गएराती हात्तीले माडीको अयोध्यापुरी गाउं विकास समिति वडा नम्बर ९ मा तीन वटा घर भत्काएको हो । प्याउली वस्तीका सावित्री सापकोटा, केदार सापकोटा र कुमार तामाङको फुसको घर भत्काएको हो ।
हात्तीले घरमा रहेको मकै, धान लगायतका अन्न नष्ट गरेको छ भने घरका सर सामान तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय भरतपुरले जनाएको छ । राती वस्तीमा हात्ती पसेपछि स्थानीयवासीले भागेर ज्यान जोगाएका थिए । गएराती बस्ती पस्ने जंगली हात्ती भने ध्रुवे हो वा होइन भन्ने पुष्टी भएको छैन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र वरपर जंगली हात्तीले आतंक मच्चाउन थालेपछि सुरक्षाका लागि सरकारले २० जना सशस्त्र प्रहरीको टोली खटाए पनि त्यो प्रभावकारी हुन सकेको छैन । स्रोत : ईमेज च्यानल