|

नेपाल शिक्षक संघ काभ्रेको सातौ जिल्ला अधिबेशनमा हात हालाहाल

काभ्रे, पुस २७ – नेपाल शिक्षक संघ काभ्रेको सातौ जिल्ला अधिबेशनमा हात हालाहाल भएको छ । नेपाली काँग्रेस काभ्रेका नेता मधु आचार्यलाई आसन ग्रहणका लागि उद्घोषकले बोलाएपछि हात  हालाहाल भएको हो ।

शिक्षक संघका जिल्ला अध्यक्ष नारायण तिमल्सिनाले आचार्यलाई आसन ग्रहण गराउने पार्टीको केन्द्रीय नीति नरहेको बताएपछि काँग्रेस काभ्रेका सभापति शिव हुमागाइँ पक्ष र आचार्य पक्षधर शिक्षकबीच हात हालहाल भएको हो । काभ्रे काँग्रेसमा हुँमागाई र आचार्यबीच लामो समयदेखि मनमुटाव छ ।

हुँमागाई र आचार्यपक्षका शिक्षकबीच झडप नै भएपछि संघको सातौ जिल्ला अधिबेशन आधा घण्टा ढिलो गरि शुरु भएको छ ।

नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिकबीच पार्टी एकता भएपनि दुई नेताबीच एकले अर्कोको अस्तित्व स्वीकार्न नसक्दा जिल्लामा काँग्रेस कार्यकर्ता पनि विभाजित छन् ।

बर्तमान सभापति शिव हुमागाई संस्थापन पक्ष र नेता मधु आचार्यलाई शेरवहादुर देउवा पक्षका रुपमा चिनिँदै आउनुभएको छ ।स्रोत : उज्यालो नेटवर्क

Posted by Butwalonline on 2:54 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल शिक्षक संघ काभ्रेको सातौ जिल्ला अधिबेशनमा हात हालाहाल"

Leave a reply