सर्वासत्तावाद अन्त्यको लागि संयुक्त विरोध र्याली
मुक्तिप्रसाद न्यौपाने,माघ १२, पाल्पा-सर्वासत्तावाद अन्त्यको लागि संघर्ष गरौं, राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको रक्षा गरौं भन्ने नाराका साथ विपक्षिहरुको संयुक्त विरोध र्याली पाल्पामा भएको छ ।
शुक्रबार तानसेन नगरका विभिन्न चोकहरु परिक्रमा गरेको र्याली कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार मेघराज शर्माले प्रेस स्वतन्त्रता समेत हनन भएको मुलुकमा गणतन्त्र सुनिश्चित हुन नसक्ने बताएका थिए । शिक्षक युनियन पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले जताततै हिंसा, हत्या र असुरक्षा बढेकोले सम्पूर्ण पेशाकर्मी समेत आन्दोलित बन्नुपरेको बताएका थिए ।
कार्यक्रममा संविधान सभाका पूर्व सभासद् नारायणी शर्माले दण्डहिनतालाई प्रसय दिने सरकार लाचार र निरङ्कुश बन्दै गएकोले एक मिनेट पनि सत्तामा बस्नुको औचित्य नभएको भन्दै महिला हिंसा र पत्रकार डेकेन्द्र थापाका जस्ता घटनाका दोषिहरुलाई कार्वाही नगर्दासम्म र महिलाहरु अझ सशक्त रुपमा सडकमा उत्रिदै जाने बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति विरबहादुर राना, नेकपा एमाले पाल्पाका अध्यक्ष राधाकृष्ण कंडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुावर, स्वतन्त्र विद्यार्थी युनियन पाल्पाका सभापति हरिबोल भट्टराई लगायतका नेता तथा विद्यार्थी नेताहरुले अहिलेको निरङ्कुश सरकार भष्ट्र बन्दै गइरहेको र जनताको जीउधनको सुरक्षा समेत नभएको भन्दै दैलेखमा पत्रकार विस्थापित हुनुले मुलुकको भविष्य गम्भिर सङक्रमण तर्फ लागेकोले यो सरकारलाई विस्थापित नगर्दासम्म आफुहरुको आन्दोलन नरोकिने बताए ।
देशका सबै जिल्लाहरुमा विपक्षि दलहरुको प्रदर्शन एवं विरोध र्याली भए अनुसारनै पाल्पामा पनि र्याली भएको हो ।
