गज़ल
धरापमा परे झैँ भयो जिन्दगानीहरेक् पल् मरे झैँ भयो जिन्दगानी
शरदको चिसोले वनै शून्य पार्दै
पतिङ्गर झरे झैँ भयो जिन्दगानी
पलाएन हाँसो सुक्यो आश सारा
सबै थोक् हरे झैँ भयो जिन्दगानी
दु:खै दु:ख र पीडा सहित् उर्लिएको
समुन्द्रै तरे झैँ भयो जिन्दगानी
असल गर्छु भन्दा खराव आइलाग्ने
अधिक पाप् गरे झैँ भयो जिन्दगानी
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
