अवकास प्राप्त कर्मचारीको अनुभवमा असल शासन
हेमराज भट्ट,नेपालगन्ज, पुस १७- -बाँकेका एक दर्जन अबकाश प्राप्त सरकारी कर्मचारीहरुले आफुहरु राज्य र समाजबाट उपेक्षित भएको दु:खेशो गरेका छन् । आज बासले नेपालगञ्जमा आयोजना गरेको अबकाश प्राप्त सरकारी कर्मचारीहरुको अनुभबमा असल शासन बिषयक अन्तरसम्बाद कार्यक्रममा उनीहरुले सो दु:खेसो गरेका हुन् ।
अबकाश प्राप्त भएपछि बर्षा सम्म हामीले दिएको योगदानको कदर न त राज्यले गरेको छ न त समाजमा कार्यरत साघ, सास्थाहरुलनैं – अन्तरसम्बादमा उनीहरुले भने । अबकाश भएको लामो समय पछि पहिलो पटक सार्बजनिक कार्यक्रममा सहभागि भएको अनुभब कार्यक्रममा उनीहरुले सुनाए । कार्यक्रममा बोल्दै नेपाल टेलिकम, नेपालगञ्जका पूर्ब कर्मचारी राम प्रसाद मिश्राले निजामति कर्मचारी सेवामा युनियनबाजी राजनितीले असर परेको बताए । उनले २० बर्ष लामो सरकारी सेवाका क्रममा कहिल्यै पनि सेवाग्राही प्रति नराम्रो व्यवहार नगर्दा सबैको सहयोग पाएको अनुभब सुनाए । टेलिकमकै अर्का अबकाश प्राप्त कर्मचारी ललित सिंह सिजापतिले निजामति कर्मचारी सेवामा व्याप्त दवाव र प्रभावले कर्मचारीलाई अनैतिक बनाएको टिप्पणि गरे । उनले भने माथिल्लो निकाएबाट हुने मौखिक आदेशले अनियमित क्रियाकलाप बढि भएका छन् ।
बास निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रमको अन्तमा उनीहरुले सुशासन स्थापना र समाज परिबर्तनका लागि योगदान दिने प्रण गरेका थिए । उनीहरुले आफ्नो क्षमता र दक्षता अनुरुप राज्यले जिम्मेवारी दिनु पर्ने माग समेत उनीहरुले गरे ।
फोटो क्याप्सन : अवकास प्राप्त सरकारी कर्मचारीहरुको अनुभवमा असल शासन बिषयक अन्तरसम्बाद कार्यक्रमका केही झलकहरु ।