रामपुर सहकारीको साधारण सभा सम्पन्न
प्रेमकान्छा मगर ,रामपुरपाल्पा पुस १६ - रामपुर वचत तथा ऋण सहकारी संस्था लि. पाल्पाको पााचौ बार्षिक साधारण सभा सोमबार रामपुरमा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले, काली गण्डकी क्षेत्रको विकासका लागि काली गण्डकी उपत्यकावासीहरु सक्रिय भएर लाग्नुपर्ने बताए । उनले विकासका लागि निर्माण र निर्माण लागि आर्थिक उपार्जन गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, नेपालमा आर्थिक वृद्धिदरलाई उच्च बनाउनका लागि यहााका सहकारी र सामुदायिक वनले खेलेको भूमिका महत्वपूर्ण छ ।’ भन्नु भयो त्यसैगरी विशिष्ठ अतिथि गरिबी निवारण तथा सहकारी मन्त्रालयका सहसचिव सुदर्शन ढकालले, सहकारी अभियानले मात्र मुलुकमा कृषि क्रान्ति हने बताउदौ कृिषमा आत्मनिभर्र नहदुाासम्म सहकारी र त्यसका शेयर सदस्यको आर्थिक विकास हुन नसक्ने बताए ।
गरिबी निवारण तथा सहकारी मन्त्रालयका उपसचिव केशव थापाले संस्थाले अत्यन्तै राम्रा काम गरेर सहकारीताको भावनाको विकास गरेको बताए । संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन समारोहमा आ.ब. ०६८/०६९ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै झण्डै १ अर्ब बराबरको कारोबार भएको बताउनु भएको थियो भने गत बर्ष र यस बर्षको तुलनामा करिब ४५.६१ प्रतिशतले बृद्धि भएको बताउनु भयो । त्यस्तै संस्थाका कोषाध्यक्षले ज्ञानेन्द्र प्रसादले श्रेष्ठले आ.व. ०६८/०६९ को आर्थिक आय व्यय प्रस्तुत गर्दै ९५ करोड १६ लाख ८६ हजार ६ सय ६४ पैसा रहेको बताउनु भयो । पााच गा.वि.स.लाई कार्यक्षेत्र बनाई हाल सम्म १४८७ जना शेयर सदस्य र ५६३ जना बाल सदस्य संस्थामा आवद्ध रहेको बताउनु भयो ।
यस संस्थाले कृषी क्षेत्रलाई बढी प्राथामिकताका साथ राखेकोले बचत तथा ऋण सहकारी संघ पाल्पाका सचिव जगदीश भट्टराई, पश्चिमाञ्चल डेभलपमेण्ट बैंक बुटवलका बरिष्ठ अधिकृत बिष्णु पौड्याल राजनैतिक दलका प्रतिनिधि, महिला तथा पुरुष बचतकर्ता, स्थानीय सहकारी संस्थाहरुका प्रतिनिधि समाजसेवी लगायतले पूर्वी पाल्पाका सहकारी अभियानलाई उजागर गर्न संस्थाले निर्वाह गरेको भूमिकाको प्रशंशा गरे । कार्यक्रममा कृषीक्षेत्रलाई विना व्याजमा ऋण लगानी गरी उत्कृष्ट हुने असल बचतकर्ता, असल ऋणी असल, कृषक, असल तरकारीखेती, पशुपालन, तथा उद्यमीलाई पुस्कृत गरेका थिए ।
फोटो क्याप्सन
१. संस्थाको नया भवन उद्घाटन गर्दै प्रमुख अतिथि
२. कार्यक्रममा नाच्दै बाल कलाकार
३. असल बचतकर्ता पुरस्कार प्रदान गर्दै