|

लुम्बिनी एक्स्पोको साढे ९ लाख दर्शकले अवलोकन गरे

बिनोद परियार,बुटवल, पुस १७-नेपाल राष्ट्रबैंकका गभर्नर डा. युवराज खतिवडाले धितो लिन नसक्नेले सरल कर्जामा क्रृण पाउनु बैंकिङ क्षेत्रको ठूलो उपलब्धि भएको बताउनुभएको छ ।अति विपन्न र धितो लिन नसक्ने सर्वसाधारणले सरल ब्याजदरमा क्रृण पाउनुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्ने उहाले बताउनुभयो । “बैंकको साईनबोर्ड टागेर मात्र हुादैन, सरल ब्याजदर प्रवाह गरेका छन् वा छैनन् भन्ने महत्वपूर्ण कुरा हो तर बैंकहरुले सरल ब्याजदरमा क्रण प्रवाह गरेका छन्”–खतिवडाको दाबी थियो ।कतिपय उद्योगी व्यवसायीले बैंकको ब्याजदर चर्को रहेको कुरा उठाइरहेको भन्दै उहाले आफू उद्योगी व्यवसायीहरुसाग बसेर ब्याजदरबारे छलफल गर्न तयार रहेको बताउनुभयो ।

रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो २०६९,अन्तर्राष्ट्रिय व्यापार मेलाको आज आयोजित समापन समारोहमा गभर्नर खतिवडाले देशको आर्थिक क्रियाकलाप वृद्धि गर्न मेला तथा प्रदर्शनीहरुले उर्जा प्रदान गरेको उल्लेख गर्नुभयो ।व्यापार मेलाहरुले उत्पादक र उपभोक्ताबीच सोझो सम्बन्ध स्थापित गरी उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउने र यसबाट रोजगारी सिर्जना हुने भएकाले देश आर्थिक समृद्धिको बाटोमा जाने पनि उहाको भनाई छ । “उत्पादक प्रक्रियालाई थप अघि बढाउन मेला तथा प्रदर्शनीले सहयोग गर्ने भएकाले यस्ता क्रियाकलापलाई सहयोग र प्रोत्साहन गर्नु जरुरी छ”–खतिवडाले भन्नुभयो । उहाले लुम्बिनी एक्स्पोमा भएको अन्तर्राष्ट्रिय उत्पादनको सहभागिताले नेपाली बजारको गरिमा बढेको र यसबाट अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्ने अवसर पनि प्राप्त भएको बताउनुभयो । गभर्नर खतिवडाले व्यवसायीकरण हुादै गएको मुलुकको कृषि क्षेत्रलाई अझै प्रवद्र्धन गर्नु जरुरी रहेको भन्दै कृषिको व्यावसायिकरण र जडिबुटीको प्रवद्र्धन गर्न सके मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा एमाओवादीका पोलिटब्यूरो सदस्य चन्द्रप्रकाश खनालले दलहरुबीच एकीकृत विकास योजना हुनु जरुरी रहेको बताउनुभयो । त्यस अवसरमा एमालेका भोजप्रसाद श्रेष्ठ, पुर्व सांसद सूर्यप्रसाद प्रधान, पत्रकार
महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली लगायतले बोल्नुभएको थियो । यसैबीच पुस ६ गतेदेखि सञ्चालन भएको लुम्बिनी एक्स्पोको साढे ९ लाख दर्शकले अवलोकन गरेका छन् । १२ दिनसम्म चलेको मेलामा करिव ३५ करोडको कारोबार भएको व्यापार संघका अध्यक्ष टंक पोखरेलले जानकारी दिनुभयो । उहाले मेलामा अपेक्षा गरिएभन्दा बढी स्टल सहभागी हुनु र दर्शक संख्या र कारोबार पनि वृद्धि हुनुले मेलाले सजिलै सफलता हासिल गरेको भन्दै बुटवलमा स्थायी संरचना निर्माणका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

मेलामा सहभागी ६ सय ३७ स्टलमध्ये बुटवल स्टिल फर्निचर सर्वोत्कृष्ट भै पुरस्कृत भएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय पेभेलियनतर्फ पार्क केटेलरी किचन वेयर पाकिस्तान, कृषितर्फ बिजी ग्रुप र महिला व्यवसायीतर्फ वसन्ती अचार उद्योग उत्कृष्ट भएका छन् । त्यस्तै अटो पेभेलियनमा रिता अटो मोवाईल्स बुटवल उत्कृष्ट भएको छ । त्यस्तै मेलामा राखिएको कृषि बाली प्रतियोगितामा विभिन्न विधाका ७४ जनालाई उत्कृष्ट घोषणा गरिएको छ । समापनका अवसरमा मेलालाई सहयोग पुर्‍याउने विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थालाई प्रशंसापत्रबाट सम्मान गरिउको थियो । समापन कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, व्यापार संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, महासचिव यमलाल लोहनी लगायतले बोल्नुभएको थियो ।

Posted by Butwalonline on 8:42 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनी एक्स्पोको साढे ९ लाख दर्शकले अवलोकन गरे"

Leave a reply