|

राज्यले ध्यान नदिदा घरेलु उद्योग सञ्चालन गर्न समस्या

बिनोद परियार,बुटवल, २१ पुस -दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने घरेलु उद्योगीहरुका समस्याप्रति राज्यले ध्यान नदिएका कारण व्यवसाय सञ्चालन गर्न कठिनाई भएको घरेलु उद्योग व्यसायीहरुले गुनासो गरेका छन । उनिहरुले चाउमिन तथा सस उद्योगी व्यवसायीहरुका समस्या प्रति राज्य उदानसिन भएको बताएका छन ।

शनिबार बुटवलमा आयोजित ताजा चाउमिन तथा सस उद्योगी व्यवसायी महासंघको प्रथम साधारण सभा तथा अधिवेशनमा आयोजना गरिएको कार्यक्रममा उद्योगी व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट) ले व्यवसाय सञ्चालन गर्न कठिनाई भएको  भन्दै भ्याट छुट गर्न सरकारसँग माग गरेका छन् । दैनिक उपभोग्य वस्तुमा सरकारले कर छुट गरेकाले उद्योगीहरुले चाउमिन र सस पनि दैनिक उपभोग्य वस्तु अन्तर्गत पर्ने भएकाले कर छुट गर्नुपर्ने बताए । चाउमिन तथा सस उद्योगहरुको उत्पादनमाथि लगाइएको करले उद्योगीहरुले समस्या झेल्नु परेको उनीहरुको भनाई छ ।प्रमुख नास्ताको रुपमा प्रगोग हुने चाउनमिन उत्पादन गर्ने व्यवसायीहरुका लागि उर्जा संकट, राजनैतिक अस्थिरता, कच्चा पदार्थको महङ्गी, खुला सीमाना प्रमुख बाधक रहेको र  दक्ष जनशक्ति अभावले पनि व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएकाले लगानी पनि उठ्न नसकेको बताए ।

कार्यक्रममा बोल्दै घरेलु तथा सना उद्योग कार्यालय रुपन्देही प्रमुख रुद्रबहादुर मल्लले औद्योगिक असुरक्षा र उर्जा संकटले गर्दा देशमा साना तथा घरेलु उद्योगहरु फस्टाउन नसकेको बताउादै उद्योगीहरुलाई आफ्नो कार्यालयबाट हुने र गर्न मिल्ले सबै सहयोग गर्ने प्रतिवद्वता जनाए ।

कानुनी दायरामा रहेर गुणस्तरीय चाउमिन र सस उत्पादन गर्न आग्रह गर्दै उनले रोजगारमुलक घरेलु उद्योग सञ्चालन गर्न सके देशको आर्थिक मेरदण्ड वलियो हुने बताए ।क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका खाद्य अधिकृत हस्तबहादुर राईले घरेलु उद्योग सञ्चालन गर्नु प्रत्येक नेपालीको अधिकार भएको बताउादै खाद्य ऐन पालना गरेर चाउमिन तथा सस उत्पादन गर्न आग्रह गरे ।आफ्नो व्यवसायलाई मर्यादित र व्यवस्थित ढंगले सञ्चालन गर्न सके व्यवसाय फस्टाउन सक्नुका साथै अन्तर्राष्ट्रिय बजार पाउने भएकाले व्यवसायप्रति सचेत हुन उनले आग्रह गरे ।

कार्यक्रममा एमाओवादीका बाणिज्य विभाग प्रमुख खगेन्द्र रोका, रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठक, होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघ रुपन्देही अध्यक्ष महेन्द्र श्रेष्ठ, रुपन्देही व्यापार संघका महासचिव यमलाल लोहनी, तजा चाउमिन तथा सस उद्योग व्यवसायी महासंघ रुपन्देही अध्यक्ष चन्द्रबहादुर रोका, सल्लाहाकार दीपक थापालगायतले बोलेका थिए । महासंघका अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 5:45 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राज्यले ध्यान नदिदा घरेलु उद्योग सञ्चालन गर्न समस्या "

Leave a reply