|

चरेश बोक्ने महिलाले प्रहरी हिरासतमै बच्चा जन्माइन्

बाँके ,पुस २१ - दाङकी सरिता थापाले प्रहरी हिरासतमै बच्चा जन्माएकी छन् । भरिया बनेर चरेश भारत लैजाने क्रममा बर्दियाको बलैगाउँ नाकामा पक्राउ परेकी थापाले इलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियाको हिरासतमै बच्चा जन्माएकी हुन् ।

सुत्केरी खर्च जुटाउनकै लागि थापाले चरेश बोकेको बताएकी थिइन् । ‘सीमा पार’ गराइदिए मात्रै ५ हजार दिने तस्करले आश्वासन दिएका थिए । गर्भवती सरिताले ‘थोरै सामान’ सीमा कटाइदिए मात्रै ५ हजार रुपैयाँ आउने र त्यसले सुत्केरी खर्च चल्ने भएकाले आफुले उक्त सामान लैजान लागेको बताएकी थिइन् । मंसिर २४ गते पक्राउ परेकी उनले पुस १२ गते हिरासत मै बच्चा जन्माएकी थिइन् ।

गत जेठमा कामका लागि भारत गएका उनका श्रीमानको भने अहिलेसम्म अत्तोपत्तो छैन् । तीन सन्तानकी आमा र फेरि पनि गर्भवती भएर परिवार गुजारा चलाउन धौ धौमा परेकी सरितालाई तस्करहरुले सजिकै प्रलोभनमा पारेका हुन् । स्रोत : ऑनलाइन खबर

Posted by Butwalonline on 7:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " चरेश बोक्ने महिलाले प्रहरी हिरासतमै बच्चा जन्माइन् "

Leave a reply