|

तानसेन नगरको बजेट बाह्र करोड नगरपालीकाले ल्पाष्टिक नियन्त्रण गर्ने



मुक्तिप्रसाद न्यौपाने,पौष २५, पाल्पा-तानसेन नगरपालीका कार्यालय पाल्पाले आगामी आर्थिक वर्ष २०७०÷०७१ का लागि ११ करोड ८५ लाख १५ हजार अनुमोदन गरेको छ ।

पुँजीगत खर्च तर्फ १० करोड १० लाख १५ हजार र चालु तथा प्रशासनिक खर्च १ करोड ७ लाख बराबरको बजेट स्वीकृत गरिएको हो । सोह«ो नगरपरिषद्मा प्रस्तावित बजेट प्रस्तुत गर्दै तानसेन नगरपालीकाका कार्यकारी अधिकृत नीरन भट्टराईले प्रत्येक वडा भेलाबाट छनौट भैआएका कार्यक्रममा १ करोड ५ लाख खर्च गरिने बताउँदै तानसेनमा श्रीनगर पार्कदेखि भ्यूटावरसम्म जाने सिंढी तथा रेलिङ्ग, टुँडिखेल प्रवेशद्धार, पर्यटन प्रवद्र्धन जस्ता योजनाहरु अगाडी बढाइने बताए ।

बुधबार भएको परिषद्मा अधिकृत भट्टराईले नगरपालीकाले राजस्व परिचालन व्यवस्थापनलाई प्रभावकारी बनाउने बताउँदै चालू आ.व.को कर, शुल्क, महशूल वैशाख मसान्तसम्ममा बुझाउनेलाई र महिलाहरुको स्वामित्वमा रहेको घर घडेरी जग्गा र घर नक्सा पास तथा व्यापार व्यवसायमा लाग्ने करमा दश प्रतिशत छुट दिने नीति अवलम्वन गरेको छ । व्यवसाय कर, बहाल कर तथा अन्य स्रोतहरुको भने लगत अद्यावधिक गर्दै लगिने भएको छ ।

नगर क्षेत्रबाट उत्पादन हुँदै आएको फोहोर नगरबाट ५ कि.मी. टाढा रहेको ल्याण्ड फिल साईटमा फालिँदै आएको भएपनि फोहोर मैला प्राविधिक सहयोग केन्द्रसँगको साझेदारीमा कम्पोष्ट प्लान्ट निर्माण गर्ने तथा सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको र प्लाष्टिकको झोला नियन्त्रण गर्ने नीति अख्तियार गरिएको नगरपालीकाले जनाएको छ । नगरपालीकाको सहरी क्षेत्रबाट दैनिक करिब ६ देखी ७ टनसम्म फोहोर उत्पादन हुने गर्दछ । जसमध्ये २० प्रतिशत हिस्सा प्लाष्टिकको झोलाले ओगट्ने गरेको छ ।

कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक दलका नेताहरु, कार्यलयका प्रमुखहरु तथा पत्रकारहरुले नगरपालिकाको दिगो विकासको लागि आन्तरिक तथा बाह््य पर्यटनको प्रवद्र्धन हुनु जरुरी रहेको बताउँदै नगरक्षेत्रभित्रको सडक व्यवस्थित गर्नुपर्ने र छतको पानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।
भारतीय दुताबासबाट कोल्ड शित भण्डार निर्माणकोलागि ४ करोड ४६ लाख यस आ.व. र आगामी वर्ष खर्च गर्ने बताइएको छ । भौतिक, आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक, साँस्कृतिक तथा पर्र्यटकीय रुपबाट समून्नत, आत्मनिर्भर र स्वाभलम्बी बनाउने लक्ष्य नगरपालीकाले राखेको छ ।


Posted by Journalist Mukti on 12:18 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तानसेन नगरको बजेट बाह्र करोड नगरपालीकाले ल्पाष्टिक नियन्त्रण गर्ने"

Leave a reply