सुर्खेतमा पत्रकारहरुको रिले अनसन
कृष्ण आचार्य,सुर्खेत -एकिकृत नेकपा माओवादीका कार्यकर्ताको धम्कीका कारण असुरक्षित भएपछि विस्थापित भई चार दिनदेखि सुर्खेतमा रहेका दैलेखका पत्रकारहरुले क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा अनिश्चितकालालीन रिले अनसन सुरु गरेका छन् ।
यसअघि उनीहरुले विस्थापितहरुको पुनस्थापना र बन्द भएका सञ्चार माध्यम सुचारु गर्न २४ घण्टे अल्टिमेटम दिएका थिए । दैलेखबाट बिस्थापित २२ पत्रकार र सुर्खेतका समेत पत्रकारहरु रिले अनसनमा सहभागी भएका छन् । विस्थापित पत्रकारहरुलाई ससम्मान फर्काउने बाताबरण सीर्जना गर्नुपर्ने र बन्द भएका सञ्चार माध्यमहरुको सुचारु गराउनका लागि तत्काल सुरक्षा प्रत्यभूती दिने दायित्व राज्यको भएको भन्दै नेपाल पत्रकार महासंघका मध्यपश्चिम संयोजक सुर्यमणि गौतमले यि दायित्वहरु पुरा नगरेका कारण अनसन सुरु गरेको बताउनु भयों ।
यसअघी आजै दैलेख घटना समाधानको लागि सरोकारवालाबीच छलफल गर्न सामुदायिक रेडियो प्रसारक संघद्धारा वीरेन्द्रनगरमा आज आयोजित छलफल कार्यक्रममा संघका महासचिव खेम भण्डारीले सञ्चार विहीन बनेको दैलेखमा विस्थापित पत्रकारलाई पुन:स्थापित गरी बन्द सञ्चार माध्यम सञ्चालन गर्ने वातावरण तयार नभए प्रतिकात्मक आन्दोलन गर्न वाध्य हुने बताएउनु भएको थियो । छलफलमा सहभागी मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक शारदा प्रसाद त्रितालले पत्रकार तथा आम नागरिकको सुरक्षा दिन प्रशासनले कुनै कसर वांकी नराख्ने प्रतिवदता व्यक्त गर्नुभयो । दैलेख समस्या समाधानका लागि एकिकृत माओवादीको जिल्ला नेतृत्वसंग समन्वय गर्न समेत तयार रहेको धारणा राख्नुभयो ।दैलेख घटनाका बारेमा जानकारी गराउदै क्षेत्रीय प्रशासक त्रितालले छानवीन नगरी उहाले सत्तापक्षले नै जनतालाई उचाल्दा दैलेख घटना भएको दावी गर्नुभयो । कार्यक्रम भेरी अंचल प्रहरी कार्यालय नेपालगंजका वरिष्ठ प्रहरी उपरिक्षक मधुप्रसाद पुडासैनीले पत्रकारलाई धम्की दिनेलाई अनुसन्धान गरी कारवाही गर्ने प्रतिवदता जनाउनुभयो ।