पिडित नेपाली लाई करिव १३ लाखको सहयोग सहित उद्धार
रबिन्द्र फुयाल — दुबई, यूएई -२६ डिसेम्वर २०१२ ,गुल्मी सेवा समाज, यूएईले २१ डिसेम्वर २०१२ का दिन पिडित नेपालीको उद्धार गरी नेपाल पठाएको छ ।
गुल्मी जिल्ला हासहरा गा बि स वडा न २ साघाट स्थाई घर भई बैदेशिक रोजगारको सिलसिलामा सायुक्त अरब ईमिरेट्सको दुबई शहरमा आएका गुरु प्रसाद भण्डारी काम गर्ने क्रममा अकस्मात बिमारी भई दुबई स्थित ईरानी अस्पतालमा भर्ना भई उपचार गर्दा युएई दिरहम ५५ हजार अर्थात करिव १३ लाख नेपाली रुपैया लागेको र उक्त रकम कम्पनि मालिकले नतिर्ने भएपछि बिरामी आफुले तिर्न नसकि अलपत्र अवस्थामा रहेको जानकारी उनका आफन्त तथा नातेदारले गुल्मी सेवा समाज, यूएईका अध्यक्ष शकर ज्ञवाली साग उद्धारका लागी आग्रह गरेका थिए ।
जस अनुसार निजको उद्धारका लागि गुल्मी सेवा समाज, यूएईका अध्यक्ष ज्ञवाली, महासचिव लक्ष्मण अर्याल र सल्लाहकार लक्ष्मण भण्डारी को बिषेश पहलमा बिभिन्न निकाय बाट सल्लाह सुझाव तथा पहलगरी कम्पनि मालिक बाट हस्पीटलको रकम तिराई नेपाल पठाउन आग्रह गरेका थिए ।
तर सो मालिकले आलटारगरी रकम तिर्न नखोजेपछि समाजका पदाधिकारीहरुले नेपाली दुताबासमा निवेदन गरी उद्धारको लागि अनुरोध गरेअनुसार दुतावास बाट पनि कुनै पहल छिटोछरितो हुन नसक्ने भएपछि समाजका पदाधिकारीहरुले समाजकै पहलमा लेवरकोटमा केस दर्तागरी उचित छाबिनकालागि अनुरोध गर्नु का साथै वकिलसाग परामर्शगरी पहलगरे अनुसार उक्त मालिकले सो रकम मध्ये ५० हजार दिरहम तिर्न सहमत भएपछि बााकी रकम समाजले ब्यबस्था मिलाएको थियो । साथै समाजले थप उपचार खर्च ४ हजार दिरहम जति साकलनगरी पठाई दिने योजना बनाएको छ । यूएईमा थुप्रै साघ सास्थाहरु स्थापना भएता पनि छोटो समयमा उल्लेख्य कार्यगर्दै गुल्मी सेवा समाज, युएई सामाजिक कार्यमा अग्र स्थानमा आईरहेकोछ ।