|

हात्ती पीडित संघर्ष समितिद्धारा माडी क्षेत्र बन्दको आह्वान

चितवन,पौष ९ - चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र वरपर आतंक मच्चाउंदै आएको धुव्रे हात्ती मार्न दवाव दिने उद्देश्यले आज हात्ती पीडित संघर्ष समितिले माडी क्षेत्र बन्दको आह्वान गरेको छ । बन्दको कारण त्यस क्षेत्रको बजार र यातायात ठप्प बनेको छ ।

चितवन राष्ट्रिय निकुञ्जले भने हात्ती मार्न प्रयास गरेपनि पत्तै लगाउन नसकेको जनाएको छ । घना जंगल र मौसम प्रतिकूल हुँदा अन्धाधुन्ध जंगलभित्र गोली हान्न नसकिएको निकुञ्जको भनाइ छ । केही दिनदेखि चितवनलगायतका क्षेत्रमा बाक्लो हुस्सु लागेको छ भने घाम लागेको छैन । अहिले ध्रुबे हात्तीलाई खोज्न निकुञ्जका प्राविधिक कर्मचारी, पशु चिकित्सक, निकुञ्जका सेना र प्रकृति संरक्षण कोषका कर्मचारीसहित करिब ५० जना रातदिन जंगलमा भौतारिइरहेका छन् । ध्रुवे हात्ती खोज्न दर्जनभन्दा बढी अन्य हात्तीको समेत सहयोग लिइएको छ । उता, पशु अधिकारकर्मीले भने ध्रुबे हात्तीलाई मार्न नहुने भन्दै सरकारसँग आग्रह गरेका छन् । एक साता अघि माडीका बोटे दम्पत्तिको हत्या गरेपछि ध्रुबेलाई मार्न स्थानीय प्रशासन तातेको हो । धु्रवेले चितवन राष्ट्रिय निकुन्जसँग जोडिएका चितवन, बारा, पर्सालगायतका जिल्लामा अहिलेसम्म १५ जनाको ज्यान लिइसकेको छ ।स्रोत : ईमेज  च्यानल

Posted by Butwalonline on 6:45 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हात्ती पीडित संघर्ष समितिद्धारा माडी क्षेत्र बन्दको आह्वान"

Leave a reply