|

स्वामित्व विवादका कारण बन्द रेडियो पश्चिमाञ्चल अझै संचालन भएन

पाल्पा पुस ९ – स्वामित्व विवादका कारण दुई महिनादेखि बन्द पाल्पाको रेडियो पश्चिमाञ्चल अझै संचालन हुन सकेको छैन । माओवादी विभाजित भएपछि रेडियोमा चर्केको स्वामित्व विवाद समाधान नहुँदा रेडियो सञ्चालन हुन नसकेको हो ।

बन्द भएको रेडियोको कार्यालय यतिबेला प्रहरीको अस्थाई चौकी जस्तै देखिन्छ । दुबै पक्षले एफएम रेडियो कब्जा गरेपछि एकीकृत नेकपा माओवादी र नेकपा माओवादी पक्षबीच हात हालाहालको अवस्था आएपछि प्रहरीले कार्यालयमा ताला लगाएर सुरक्षा दिईरहेका छ ।

प्रहरी सहायक नीरिक्षकको नेतृत्वमा आधा दर्जन प्रहरीको टोलीले एफएम रेडियो र पार्टी कार्यालय समेत रहेको तानसेनको कैलाश नगरमा रहेको भवनलाई अहोरात्र सुरक्षा दिइरहेको छ ।

बिबाद चर्किएपछि दुबै पक्ष मिलेर आए वा प्रशासनको रोहबरमा बार्ता गरेर सहमतिमा पुगेपछि मात्रै प्रहरीले लगाएको ताला खोल्ने बताएको थियो । तर दुबै पक्ष रेडियो सञ्चालनमा सक्रिय नभएको पाल्पाका प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले जानकारी दिनुभयो ।

नेकपा माओवादी र एकीकृत नेकपा माओवादी पाल्पाका जिल्ला ईन्जार्जहरुले पार्टी केन्द्रले नै निर्णय गरेर सहमति गर्नुपर्ने बताएका छन् ।

१७ जना कर्मचारी रहेको रेडियो पश्चिमाञ्चलमा २ जना बैद्य पक्षका र १५ जना संस्थापन पक्षका छन् । उनीहरुबीच कुन पक्षको समाचार र कार्यक्रम राख्ने भन्ने बिषयमा बिबाद भएको थियो ।

एफएम रेडियो रहेको घरमा दुबै पार्टीले कार्यालय समेत संचालन गरेका छन् । भुईँ तलामा नेकपा माओवादीको कार्यालय छ भने पहिलो तलामा एकीकृत माओवादीको कार्यालय छ । माथिल्लो तलामा रेडियोको कार्यालय छ ।स्रोत : उज्यालो

Posted by Butwalonline on 6:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्वामित्व विवादका कारण बन्द रेडियो पश्चिमाञ्चल अझै संचालन भएन "

Leave a reply