|

पश्चिमाञ्चल क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता आइतबारदेखि बुटवलमा

बुटवल, २९ मंसिर - बुटवलमा आइतबारदेखि शुरु हुने पश्चिमाञ्चल क्षेत्रीय ब्याडमिन्टन प्रतियोगितामा १ सय १५ टीम सहभागी हुने भएका छन् ।

बुटवल ब्याडमिन्टन क्लब बुटवलको आयोजनामा बुटवलको नवदीलिप कर्भड हलमा हुने प्रतियोगितामा पश्चिमाञ्चल क्षेत्रका १६ र २ आमन्त्रित गरी १८ जिल्लाका १ सय १५ टीमका २ सयभन्दा बढी खेलाडी सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक प्रतिक पोखरेलले जानकारी दिनुभयो ।

उहााका अनुसार चितवन र मकवानपूरबाट आमन्त्रित टीम सहभागी हुनेछन् । प्रतियोगितामा मेन्स डबल्स, मेन्स सिंगल र मेन्स भेट्रान्सका इभेन्ट हुनेछन् । उहाले भौतिक संरचना पनि अन्तिम चरणमा पुगेको बताउनुभयो । क्लबका अध्यक्ष शिवप्रसाद शेरचनले प्रतियोगिता सञ्चालनका लागि आर्थिक संकलन गरेको र क्लबका सदस्यहरुले रकम उठाएर प्रतियोगिता सञ्चालन गर्न लागेको बताउनुभयो ।

उहााले स्थानीय निकाय र खेलकुदसाग सम्बन्धित सरकारी कार्यालय र खेलकुद विकास समितिले पनि सहयोगका लागि चेष्टा नगरेको बताउनुभयो । प्रतियोगिताका सूचना संयोजक दीलिप गौचनले प्रतियोगितामा डबल्सतर्फ प्रथमलाई ३० हजार, द्वितियलाई २० हजार, भेट्रान्स तर्फ प्रथमलाई ३० हजार र द्वितियलाई २० हजार तथा सिंगलतर्फ प्रथमलाई २० हजार र द्वितियलाई १० हजार पूरस्कार दिइने बताउनुभयो ।  प्रतियोगितामा उत्कृष्ट, उदीयमान र भेन्ट्रान्स उत्कष्टलाई समेत पूरस्कृत गरिने जनसम्पर्क अधिकारी जविन कक्षपतिले बताउनुभयो । आइतबार बिहान ९ बजेदेखि शुरु हुने प्रतियोगिताका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले उद्घाटन गर्ने आयोजकले बताएका छन् ।

Posted by Butwalonline on 6:36 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पश्चिमाञ्चल क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता आइतबारदेखि बुटवलमा "

Leave a reply