एमाले कपिलवस्तुको दुई दिने अधिवेशनमा पार्टी नेत्रेत्वाको दौड़धूप
किरणमान बज्राचार्य,कपिलवस्तु , २९ मंसिर - नेकपा एमाले कपिलवस्तुको दुई दिने अधिवेशनमा तीनको नाम चर्चामा रहेको छ । बर्तमान अध्यक्ष बलराम अधिकारी, राष्टिय प्रतिनिधि परिषद सदस्य झवीलाल पोख्रेल र जिल्ला उपाध्यक्ष डम्मर शर्माको नाम अध्यक्षमा उठने चर्चा छ ।
जसमध्ये पोख्रेल र शर्माले अध्यक्षमा उम्मेदावारी दिने घोषणा गरी सक्नु भएको छ । अन्य पदहरुमा सहमति भए पनि अध्यक्षमा चुनाव हुने पक्का रहेको एक जिल्ला स्तरीय नेताले जानकारी दिनु भयो । उहाका अनुसार अध्यक्षमा ९९ प्रतिशत चुनाव हुने पक्का छ । यद्यपि केन्द्रिय नेताहरुले जसरी पनि आपसमा सहमति गर्न निर्देशन जारी गरेको स्रोतले दाबी छ । सहमतिका लागि वर्तमान अध्यक्ष अधिकारीलाई जिम्मा दिएको छ । सहमतिका लागि हरसंभव प्रयास गरिेन उहााले बताउनु भयो । १५ बर्ष देखि लगातार जिल्लाको नेतृत्व लिदै आउनु भएका अधिकारीले सर्वसम्मतरुमा आफुलाई अध्यक्ष बनाए स्विकार गर्ने बताउनु भएको छ । यस अघि तीन बर्ष अघि पनि अहिले कै तीन जनाको नाम चर्चामा थियो । तर पोख्रेल र अधिकारी बिच अध्यक्षको चुनवा भएको थियो ।
निर्वाचन भए तीनै जना उम्मेदाव हुन सक्ने संभावना रहेको छ । यस्तोमा अधिकारी फेरी निर्बाचत हुन पनि सक्छन् उहााले उम्मेदावारी नदिए शर्मा र पोख्रेल बचि कडा प्रतिस्पर्धा हुने निश्चित छ । दुबैले आफु अध्यक्ष हुनका लागि भित्त भित्रै लविङ शूरु गरीरहनु भएको छ । अधिकारीको समर्थन दूबैका लागि अहम हुने एमाले नेताहको भनाई छ । तर आफु लडन वा नलडने तथा कसलाई समर्थन गर्ने बिषयमा उहााले केही कुरा बोल्नु भएको छैन । उहा दुबैले अधिकारी पछिको बरियता र योगदानका हिसावले आफनो पालो रहेको दाबी गर्नु भएको छ । दुबैले आफनो प्रचारप्रसारलाई समेत तीब्रता दिनु भएको छ । सर्वसम्मतबाटै आफुै अध्यक्ष हुने उहााहरुको दाबी छ । जबजब पार्टीमा कठिन मोड आयो त्यस बेला काध थापेर जिम्मेबारी पुरा गरियो ,त्यसैले अध्यक्षका लागि म योग्य उम्मेदवार हु, यस पटक मेरो जित निशिचत छ पोख्रेलले भन्नु भयो । उता शर्माले पार्टीको पहिलो अधिवेशन देखि हालसम्म आफु लागि परेको तथा त्यसका लागि बिभिन्न पेशा, ब्यवासय छोडेर पार्टी मै समर्पित भएकोले अध्यक्षको योग्य उम्मेदवार रहेको बताउनु भयो ।
अधिवेशनका लागि पाच वटा निर्वाचन क्षेत्रबाट दुई सय ६४ प्रतिनिधी छनौट भएका छन् । सचिवालाय सदस्यले कुल प्रतिनिधिको पााच प्रतिशत गर्न सक्ने ब्यवस्था रहेको छ । सो सहीत दुई सय ७७ जनाले शनिवार हुने बन्द सत्रमा भाग लिने बताईएको छ ।